HamroNepalDainik.com
समाचारस्थानिय

समाजसेवी सम्मी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा राष्ट्रपतिबाट विभूषित

वीरगंज १ बैशाख।
समाजसेवी सम्मी कुमारी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा आज राष्ट्रपतिबाट विभूषित भएकी छिन् । पर्साको बिरगंज स्थित अनिल रुङ्गाटा क्मपलेक्समा सञ्चालनमा रहेको सुविधा बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तथा समाजसेवी सम्मी कुमारी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा विभूषित भएकी छिन् । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले समाजसेवी अग्रवाल सहित ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित भएका छन् ।
२०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको थियो ।
सोही अनुसार आज २०८० को बैशाख एक गते का दिन सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा आज राष्ट्रपतिबाट विभूषित दिएको छ । यस्तै नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई दिएको छ । यस्तै, राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने ‘आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित भएका छन् ।

Related posts

अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने

hamronepaldainik

पर्साकाे धाेबिनी गाउँपालिकाकाे याेजना शाखा प्रमुख पप्पु पटेलमाथी दुर्व्यवहार

hamronepaldainik

ग्यास बोकेका ट्रकबाट गाडी दुर्घटनामा परि एक जान को मृत्यु।

hamronepaldainik
HamroNepalDainik