HamroNepalDainik.com
बजारसमाचारस्थानिय

बजाजको प्लाटिना मोटरसाइकल किन्दा आरोही मोटर्स बजाज सोरुम जितपुर मार्फत गज्जानन सप्लायर्सलाई १ किलो चाँदी उपहार

बारा ११ बैशाख । बजाज कम्पनिको नेपालका लागि आधिकारिक विक्रेता गोल्छा ग्रुपको २५ औं वर्ष पुगेको अवसरमा ग्राहकहरुको लागि आकर्षक उपहारको स्किम ल्याएको छ । २५ औं वर्षको अवसरमा गोल्छा ग्रुपले २५ जना ग्राहकहरुको लागि उपहार दिने स्किम सुचारु गरेको छ ।

हरेक हप्ता ४÷५ जना ग्राहकहरुलाई १ किलो चाँदी उपहार दिन सुरु गरेको जनाईएको छ । एक हप्तामा देशभरबाट बजाजका मोटरसाईकलहरु किनेका ग्राहकहरुमा लक्की ड्र गरी एक किलो चाँदी उपहार दिईरहेको छ । सोही क्रममा आरोही मोटर्स बजाज सोरुम जितपुर बाराबाट गज्जानन सप्लायर्सले बजाज कम्पनिको प्लाटिना मोटरसाईकल खरिद गर्दा सोमबार एक किलो चाँदी परेको आरोही मोटर्स जितपुरका सञ्चालक रोहित तिवारीले बताए ।

उपहार जितेका गज्जानन सप्लायर्स वीरगंजका संचालक अजय गुप्तालाई सोमबार आरोही मोटर्सले उपहार परेकोमा हार्दिक बधाई सहित सम्मान गर्दै एक किलो चाँदी उपहार दिएका छन् । सो अवसरमा गोल्छा ग्रुपका क्षेत्रिय अधिकारी विजय कुमार सिंह, हुलास फाईनान्सका रबिकान्त चौरसिया लगायतको सहभागीता रहेको आरोही मोटर्स जितपुरका सञ्चालक रोहित तिवारीले बताए ।

Related posts

राष्ट्रिय सहारा दैनिककाे २० औं बार्षिकाेत्स सम्पन्न

hamronepaldainik

श्रीनिधि वचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न

hamronepaldainik

सिंगासन कलवार पर्सा–४ “ख”मा निकै कमजोर देखिन थाले

hamronepaldainik
HamroNepalDainik