HamroNepalDainik.com
समाचारस्थानिय

पत्रकारिता बारे केही थाहै नभएका मान्छेहरु कार्ड र झोला बोकी पत्रकारिता बदनाम गराउँदै : प्रमुख अतिथि बस्नेत

वीरगंज । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले कुनै पनि पत्रकार वा संचारमाध्यमले समाचार प्रकाशन वा प्रसारण गर्दा पूर्ण रुपमा आचारसंहिताको पालना गर्नुपर्ने बताएका छन् । धेरै जसो संचारमाध्यले एक पक्षीय कुरालाई मात्रै समेटी समाचार प्रकाशन गरिदिने जस्ता गलत रवैया रहेकोले तथ्यमा आधारीत दुबै पक्षको कुरा समेटेर पत्रकार आचार संहिताको पालना गरि समाचार प्रकाशन वा प्रसारण गर्नुपर्ने निर्देशन दिए ।

पर्दाफास मिडिया प्रा.लि.वीरगंज पर्साद्वारा संचालित पर्दाफास डेलीडटकमको उद्घाटन एवम् “मर्यादित पत्रकारिताको लागि पत्रकार आचारसहिता” विषय बिचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले कयौं संचारमाध्यमहरुले पटक–पटकको चेतावनीका बाबजुद पनि आचारसंहिता उलङघन गरेर समाचार प्रशासन गरेको टिप्पणी गरे ।

वीरगंज स्थित क्लाशिक बैंकट हलमा सोमबार आयोजित सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष बस्नेतले पत्रकारिता बारे केही थाहै नभएका मान्छेहरु कार्ड र झोला बोकी पत्रकारले गर्नै नपाउने काम गरेर समग्र पत्रकारिता क्षेत्रलाई नै बदनाम गराउने गरेको चर्चा गर्दै अब यस्ता कार्य गर्नेलाई हामी सबै मिलेर सुधार गर्ने तर्फ कदम चाल्नु पर्ने धारणा राखे ।

अनलाईनलाई विश्वसनिय बनाउन अविश्वनिय कुरा पोष्ट नगर्न आग्रह गर्र्दै अध्यक्ष बस्नेतले अनलाईनहरुमा समाचार प्रकाशन गरेर डिलेट गर्ने प्रबृतिको अन्त्य गर्नुपर्नेमा जोड दिए । छापा माध्यमहरुमा पनि बिहानै अनलाईनहरुमा आईसकेको समाचार कपी पेस्ट मात्रै आउने गरेलेकोले खोज पत्रकारिताको विकास गर्दै रचनात्मक कुराहरु तर्फ पनि कलम चलाउनु पर्नेमा जोड दिए । उनले नेपालमै पहिलो पल्ट आचारसंहिता बनाउने जिल्ला नै पर्सा रहेकोले आचारसहिता पाल्ना गर्नु पनि यहाँको पत्रकारको प्रथम दायित्व रहेको चर्चा गर्दै यहाँका अग्रहजहरुले पत्रकारिता क्षेत्रको विकासको लागि धेरै योगदान गरेको स्मरण गराए । पत्रपत्रिका वर्गीकरणको सन्दर्भमा उठेको जिज्ञासालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले प्रेस काउन्सिल कुनै पनि व्यक्ति, पार्टीलाई नहेरी पत्रिकाको सम्पूर्ण विषयबस्तुलाई सुक्ष्म ढंगले नियालेर समितिले वर्गीकरण गर्ने गरेको बताए । कसैलाई वर्गीकरण प्रति चित्त नबुझे पुनरावलोकन÷पुनःमुल्यांकनको लागि आधार प्रमाण सहित निवेदन दिन सकिने बताए ।

सो कार्यक्रमका विशिष्ट अतिथि प्रेस काउन्सिल नेपालका पूर्व सदस्य एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोबिन्द चौलागाईले नागरिक समाजको शक्ति र विश्वास जित्ने तथ्यमा आधारित मर्यादित पत्रकारिता गर्न आग्रह गरे । प्रेस काउन्सिलले अनलाइनको लागि पनि विधिगत व्यस्थित ढङ्गले बिज्ञापनको व्यवस्था गर्नेतिर लागेको उनले बताए । ‘‘सरकारको खरिद ऐनले गर्दा स्थानीय तहको बिज्ञापन समानुपातिक हुन नसकेको हो,’ उनले भने, ‘‘तर त्यो संयन्त्र पनि बनाउन छलफल भईरहेकोले केही समयमै समानुपातिक विज्ञापन प्रणाली लागु हुन्छ भने विश्वास छ ।’’ उनले कतिपय संचार संस्थाले श्रमजिवी पत्रकारहरुलाई तलब नै नदिएको गुनासो आईरहेको बेला पर्दाफास डेलीले ऐन अन्तर्गत नियुक्ति दिई राम्रो कामको सुरुवात गरेकोमा प्रशंसा गरे ।

अर्का विशिष्ट अतिथि प्रेस काउन्सिल नेपालका पूर्व सदस्य एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले एउटै व्यक्ति पत्रकारिता सँगै विभिन्न पेशा अंगालेकोले निष्पक्ष रुपले समाचार नआउने गरेको बताए । कुनै व्यक्ति सँग आफ्नो रिसिवि साधनका लागि पनि हुनै नभएको गलत समाचार प्रकाशन प्रशारण गर्दा सम्पूर्ण पत्रकारिता जगत नै बदनाम हुदै गएकोमा चिन्ता व्यक्त गरे ।
अर्का वक्ता प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेखले वर्गीकरणमा कसैलाई काखापाखा नगरी निष्पक्ष ढंगले वर्गीकरण गर्ने गरेको बताए ।

मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दासले पत्रकारले समाजमा रहेको बिकृती हटाउन कलम चलाउनु पर्ने कुरामा जोड दिदै अहिले खास गरि डिजिटल मिडियाले पत्रकार आचारसहिता उलंङघन गरिरहेको बताए । मधेश प्रदेशमा महिला पत्रकारहरुको संख्या एकदमै न्युन थियो तर काउन्सिलले तालिम संचालन गर्दै जाँदा अहिले महिला पत्रकारहरुको संख्या बढेकोमा खुसी व्यक्त गरे ।

यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछानेले आचारसंहिताको पालना नै नगरि सामाजिक संजालमा जे पनि लेख्ने रवैयाले पत्रकारहरुको भविष्य समाप्त हुँदै गएकोमा चिन्ता व्यक्त गरे । डाक्टर, इन्जिनियर लगायत हरेक क्षेत्रमा जान डिग्री चाहिन्छ तर पत्रकारितामा जोकोही पनि सजिलै आएर पत्रकारिताको आडमा जेपनि गर्ने गर्दा पत्रकारिता पेशा संकटमा परेको बताए । उनले काउसिलले एउटा नियम बनाएर परीक्षा लिएर पास हुनेलाई मात्रै पत्रकार भन्ने बातावरण बनाउन आग्रह गरे ।

यस्तै, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्णले ठुला मिडियाले जहिले पनि साना मिडियालाई हेपेको आरोप लगाए । उनले प्रेस काउन्सिल, बिज्ञापन बोर्डले ठुला मिडियाकै साथ दिने गरेकोले यस्तो विभेदको अन्त्य हुनुपर्ने माग गरे । गरिब, मजदुर, ठेला चलाएर काम गर्नेहरुको समाचार आउनमा अहिले कमी हुन थालेको बताउँदै त्यस्तो सामाजिक मुद्दा उठाउन पत्रकारहरुलाई आग्रह गरे ।

यस्तै, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले पत्रकारिता माथि प्रश्न चिन्ह् खडा हुँदै सामाजिक स्तरबाट विश्वास गुमिरहेकोले पत्रकारहरु सच्चिनु पर्ने आग्रह गरे । सिंगो समाजलाई नै अगाडी बढाउने काम गरिरहेको पत्रकारलाई पनि अहिले देखिएको बेतिथिले चुनौति थपिएको बताए । जबसम्म सदस्यता सुदृढिकरण हुँदैन, तबसम्म पत्रकारिताको आडमा भईरहेको गलत प्रवृति अन्त्य नहुने दाबी गरे ।

यस्तै, नेपाल पत्रकार महासंघका पूर्व मध्यमाञ्चल संयोजक महेश दासले केही पत्रकारहरुले जानी जानी पनि समाचार लेख्दा आचारसहिता उलङघन गरि गलती गर्ने गरेको आरोप लगाए । प्रेस काउन्सिलले के नै गर्छ जस्ता सोच राखि आचारसहिता उलङघन हुदै आएकोले प्रेस काउन्सिलले गम्भिरताका साथ निगरानी गर्दै कडाई गर्नुपर्ने आग्रह गरे ।

पर्दाफास डेलीडटकमका सञ्चालक÷सम्पादक राघव साहको सभापतित्वमा भएको सो कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका, वीरगंज कलेजका अध्यक्ष एवं शिक्षाविद्ध डा. दिपेन्द्र कुमार चौधरी, समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेशका कोषाध्यक्ष रामपुकार यादव लगायतकाले आ–आफ्ना शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा सशस्त्र प्रहरी १३ नं. गणका प्रहरी उपरिक्षक सुमन थपलिया, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकी, नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शत्रुध्न नेपाल, पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष एवं नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव राजु बिक, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य निलिमा पौडेल, श्रीराम रायमाझी, सामुदायिक रेडियो प्रशारण संघका केन्द्रिय सदस्य अजय यादव, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य जगत राई, नेपाल फोटो पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष पंकज श्रेष्ठ, वानका मधेश प्रदेश अध्यक्ष आशिक अंसारी, समाजवादी प्रेस संगठन नेपाल पर्साका प्रतिनिधि अजय चौरसिया, दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान, नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष सफल खतिवडा, नेपाल खेलकुद पत्रकार महासंघ पर्साका अध्यक्ष तिवारी यादव, अनलाईनका सम्पादक श्रीराम रौनिया, पर्दाफास दैनिकका सम्पादक राकेश कुमार जैसवाल, पर्दाफास दैनिकका सल्लाहकार सम्पादक हरि किशोर मिश्र लगायतकाले मञ्चमा बिराजमान थिए ।

सो अवसरमा स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा विशेष योग्दान पु¥याएका नारायणी अस्पताल वीरगंजका फिजिसियन डा. राकेश तिवारी, शिक्षा क्षेत्रमा विशेष योग्दान पु¥याएका वीरगंज कलेजका अध्यक्ष एवं शिक्षाविद्ध डा. दिपेन्द्र कुमार चौधरी, होटल तथा पर्यटन क्षेत्रमा योग्दान पु¥याएका होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त, पत्रकारिता क्षेत्रमा योग्दान पु¥याउदै आएका सिराहा जिल्लाका युवा पत्रकार रामपुकार यादवलाई प्रमुख अतिथि बस्नेत र पर्दाफास दैनिकका सल्लाहकार सम्पादक हरिकिशोर मिश्रलाई विशिष्ट अतिथि चौलागाईले दोसल्ला ओढाई सम्मान पत्रसहित सम्मान गरेका थिए ।कार्यक्रमको सहजीकरण पत्रकार आनन्द पटेलले गरेका थिए ।

 

 

Related posts

आर्थिक मन्दीको कारण वीरगन्ज भन्सारमा थन्किए १२०० सयभन्दा बढी सवारीसाधन

hamronepaldainik

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

hamronepaldainik

सखुवा प्रसौनी गाउपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई सम्पन्न

hamronepaldainik
HamroNepalDainik