HamroNepalDainik.com
समाचार

लागूऔषध गाँजासहित छिपहरमाईका मियाँ पक्राउ

८ जेठ, मकवानपुर ।  मकवानपुरको हेटाैडाबाट भारतिय कारमा ९२ किलो ग्राम लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
प्रहरीले कार चालक भारत मोजफुर बस्ने बर्ष २२ को अमित कुमार दुबे, कारमा सवार पर्साकाे छिपरमाई गाँउपालिका वडा नं. ९ बस्ने बर्ष ५० को नैमुदिन मियाँ र मकवानपुरकाे कैलाश गाउँपालिका वडा नं. १० बाझोखेत बस्ने बर्ष ६० को बुद्धिमान थोकरलाई नियन्त्रणमा लिएकाे हाे ।
विशेष सुचनाको आधारमा तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त बिशेष प्रहरी टोलीले आइतबार विहान अन्दाजी ०५:३० बजेको समयमा मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नं. ०१ चौकीटोल स्थित प्रहरी चौकी चौकीटोल अगाडी सडकबाट तीनै जनालाई नियन्त्रणमा लिएकाे हाे ।
बिआर०१बिएन१५१८ नम्बर‍को भारतिय कारलाई रोकी चेकजांच गर्ने क्रममा कार चालक दुबे, कारमा सवार मियाँ र मकवानपुरका थोकरलाई फेला पारी निजहरुको शरीर तथा उक्त कारको खानतलासी गर्दा कार भित्र पछाडीको सिट पछाडी फल्स बटन बनाई लुकाई छिपाई गरी ल्याएको अवस्थामा लागु औषध गाँजा ९२ किलो ग्राम फेला परेको प्रहरीले जनाएकाे छ ।
फेला परेकाे उक्त लागू औषधसहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

Related posts

कृषिमन्त्री भुसाल भन्छन्ः पूर्व पश्चिम नहर बनाऔँ

hamronepaldainik

आदित्य इजुकेशनल ईन्स्टिच्युशन द्वारा बिरगंजमा अभिभावकहरुको सम्मान कार्यक्रम समपन्न

hamronepaldainik

उपयाेगविहिन ३३ बिघा ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्ने वीरगन्ज महानगरकाे तयारी

hamronepaldainik
HamroNepalDainik