HamroNepalDainik.com
समाचारस्थानिय

आइपीएल खेलमा अनलाइन मार्फत सट्टाबाजी गर्ने चारजना वीरगञ्जबाट पक्राउ

वीरगंज । अनलाइन मार्फत आइपिएल २०२३ काे जुवा/सट्टावाजी गर्ने ४ जनालाई प्रहरीले  वीरगञ्जबाट पक्राउ गरेकाे छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं.१५ स्थित संजय श्रीवास्तवको तिन तल्ले पकी घरबाट एक भारतियसहित ४ जनालाई नियन्त्रणमा लिएकाे हाे ।

बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ४ निवासी ३१ बर्षिय सरोज साह, सर्लाहीकाे रामनगर गाउँपालिका वडा नं.६ निवासी ३५ बर्षिय सन्तोष कुमार यादव, पर्साकाे वीरगंज महानगरपालिका वडा नं.२४ निवासी ३४ बर्षिय धुरेन्द्र प्रसाद यादव र भारतकाे उत्तर प्रदेश गोरखपुर देवरिया निवासी ५२ बर्षिय मुन्ना भन्ने धर्मनाथ प्रसाद जैसवाललाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

श्रीवास्तवको तिन तल्ले पकी घरको माथिल्लो तल्लाको उत्तर पट्टीको कोठामा अनलाइन मार्फत Mumbai Indians VS Lucknow Super Giants टिमको सट्टाबाजी गरिरहेको अवस्थामा बुधबार विहान ११:४५ बजेकाे समयमा चारै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

प्रहरी टोलीले उक्त घरको कानूनी रीत पुर्‍याई खानतलासी गर्दा पक्राउ परेकाहरुले संचालन गरेको सट्टाबाजीमा प्रयोग भएको विभिन्न प्रकारका मोबाईल, ल्यापटप तथा नेपाली नगद रू. ३ लाख ९० हजार ५ सय, भारतीय नगद रू. १५ हजार ७ सय ७५  र खेलको लाइभ हेर्न प्रयोग भएको आइडिया कम्पनीको ३२ इन्चकाे एलईडि टिभि समेत फेला परेको प्रवक्ता गिरीले वताए ।

पक्राउ परेकाहरु विरुद्द अनलाइन सट्टाबाजी सम्बन्धी कसूरमा बिहिबार जिल्ला प्रशासन कार्यालय पर्साबाट म्याद थप गरी  थप अनुसन्धान कार्य भैरहेको उनले जानकारी गराए ।

Related posts

माधव नेपालको प्रस्ताव- सबै चुनाव एकैपटक गरौं

hamronepaldainik

एसपी कुमोध ढुंगेल पर्सामा आउदै

hamronepaldainik

सखुवा प्रसौनिका एक दर्जन भन्दा बढी स्थानिय नेताद्वारा जसपा प्रबेश

hamronepaldainik
HamroNepalDainik