HamroNepalDainik.com
समाचारस्थानिय

पर्साको कालिकामाईमा गोली चल्यो : एक बालक घाइते

वीरगन्ज, २३ जेष्ठ : पर्साको कालीकमाई गाँउपालिका वडा नम्बर ५ बिरञ्चीबर्वामा मंगलबार दिउँसो एयरगनबाट प्रहार गरिएको गोलीको छर्रा लागेर एक बालक घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय ९ वर्षिय बालक श्यामसुन्दर महत्तो रहेका छन् । बिरञ्चीबर्वास्थित आँपकोे बगैंचामा मंगलबार दिउँसो महत्तोसहितका बालबालिकाहरु खेल्न गएका थिए । त्यहि बेला बगैंचाधनी ४५ वर्षिय बलिराम तिवारीले आँप टिप्न आएको भन्दै एयरगनबाट गोली हानेको र उक्त गोलीको छर्रा लागेर महत्तो घाइते भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताए ।

घुडाँमा गोलीको छर्रा लागेर घाइते भएका महत्तोलाई उपचारका लागि वीरगन्ज ल्याइएको जानकारी शाहले दिए । गोली चलाउने तिवारी भने फरार रहेकाले प्रहरीले उनको खोजी गरिरहेको शाहले बताए । शाहले भने,‘ तिवारीले आफनो घरको पछाडि रहेका आँपको बगैंचामा खेल्न आएका बालबालिकाहरुलाई धपाउन एयरगनबाट गोली हानेका रहेछन् , त्यहि गोलीको छर्रा लागेर एक जना बालक सामान्य घाइते भएको खबर छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी निरिक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएको र उक्त टोलीले घटना बारे अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक शाहले बताए ।

Related posts

पर्सागढीमा स्वास्थकर्मीहरुको वृहतपाेषण सम्बन्धि तालिम सुरु

hamronepaldainik

बिरगंज पब्लिक कलेज र नेबिल बैंक बीच समझदारी पत्रमा हस्ताक्षर

hamronepaldainik

राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

hamronepaldainik
HamroNepalDainik