HamroNepalDainik.com
बजारसमाचार

उपयाेगविहिन ३३ बिघा ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्ने वीरगन्ज महानगरकाे तयारी

वीरगन्ज ,२४जेष्ठ : वीरगन्ज महानगरपालिकाले वडा नम्बर ३१ लक्ष्मीपुरमा रहेकाे ऐलानी जग्गामा सामुहिक तरकारी खेतीका लागि आवश्यक प्रकृया अगाडि बढाएकाे छ ।

बुधबार महानगरबाट खटिएको जनप्रतिनिधी र कर्मचारी सहितकाे टाेलीले लक्ष्मीपुरमा उपयाेगविहिन रहेकाे ३३ बिघा ४ कठ्ठा १० धुर ऐलानी जग्गा सामुहिक तरकारी खेतीका लागि छुट्टयाएकाे छ ।

तरकारीबाली पकेट विकास कार्यक्रम अन्तर्गत उक्त जग्गा स्थानीय स्तरमा कृषि समूह गठन गरि तरकारी खेतीका लागि जिम्मा लगाइने महानगरपालिकाकाे कृषि शाखाकी कृषि अधिकृत राेशनी यादवले बताइन् ।

बेराेजगार रहेका स्थानियलाई कृषि कर्ममा आकर्षित गरि आत्मनिर्भर बनाउन र किसानहरुकाे आयआर्जन बढाउने उदेश्यले उपयाेगविहिन रहेकाे खेतीयोग्य ऐलानी जग्गामा सामुहिक तरकारी खेती गर्नका लागि महानगरले तयारी अगाडि बढाएकाे महानगरका मेयर राजेशमान सिंहले बताए ।

बुधबार जग्गा छुट्टाउन गएकाे टाेलीमा महानगरकाे भाैतिक संरचना नियन्त्रण समितका संयाेजक प्रदीप चाैरसिया, मेयर सिंहकाे सचिवालय सल्लाहकार हरि पाेखरेल, महानगरकाे आर्थिक विकास महाशाखाकी अधिकृत प्रतिज्ञा वैद्य , नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल साह लगायतकाे सहभागीता थियाे ।

Related posts

वीरगञ्ज पब्लिक कलेज सिङ्गीङ् आईडल सम्पन्न

hamronepaldainik

लेखा अधिकृत यादवले यातायात व्यवस्था कार्यालय सवारी वीरगंजलाई भ्रष्टाचारको अखडा बनाए

hamronepaldainik

मिटरव्याजी यादवको कर्तुत : सवा तीन लाख दिएर ३६ लाख लिने दाउमा

hamronepaldainik
HamroNepalDainik