HamroNepalDainik.com
समाचारस्थानिय

अधिकारका लागि फेरि मधेस आन्दोलनको तयारी : डा. सीके राउत

२७ जेठ वीरगन्ज , जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले मधेस आन्दोलनका माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको बताएका छन्।  विगतमा भएका मधेस आन्दोलनमा मधेसी नेताहरूले गद्धारी गरेका कारण मधेसका माग पूरा नभएकाले ती माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको राउतले बताए।
शनिबार वीरगन्जमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले भने, ‘मधेसी नेताहरूले गद्धारी गरेका कारण मधेस आन्दोलनका कुनै पनि माग पूरा भएको छैन। त्यसकारण अब जनमत पार्टीले मधेस आन्दोलनलाई अगाडि बढाउने तयारी गरिरहेको छ। अबको आन्दोलन सरकार, सदन र सडक तीनै तहबाट हुन्छ। मधेस प्रदेश, नागरिकता, मधेसीको सम्मान र पहिचान मधेस आन्दोलनको माग भए पनि तीमध्ये कुनै पनि माग पूरा नभएकाले फेरि मधेस आन्दोलनको तयारीमा जनमत पार्टी लागिसकेको राउतको भनाइ छ।
उनले जनमतले गर्ने आन्दोलनले आँधी तुफानको रुप लिने र त्यसले राज्यका शासकबाट मधेसका अधिकार खोसेर लिने दाबी पनि गरे। उनले अब हुने आन्दोलनको तयारीमा जुटन मधेसी जनतालाई आह्वान गरे। ‘मधेसको दूरावस्था दखेर सह्य नभएपछि म राजनीतिमा आएको हुँ। राजनीतिक दल खोलेको हुँ। त्यसका कारण म अरु नेता जस्तो सत्ता र पदको लोभी होइन। एउटा मन्त्री पाउदाँ पनि सरकारमा म आफू गइनँ। पार्टीकै अरु नेतालाई पठाएँ,’ उनले भने। जनमत पार्टीमा हरेक वर्ग र तप्काको व्याक्तिलाई सम्मान गर्ने गरिएको भन्दै राउतले आफ्नो पार्टीमा सत्ता र पदको कुनै महत्व नभएको जिकिर गरे। ‘
अधिकार प्राप्तिको एक मात्र माध्यम आन्दोलन नै भएको भन्दै उनले भने, ‘यदि आन्दोलन रोकियो भने पाएका अधिकार पनि गुम्छ। त्यसकारण पनि फेरि आन्दोलनको तयारीमा जनमत पार्टी लागेको छ।’ शनिबारको बृहत पार्टी प्रवेश कार्यक्रम र कार्यक्रममा जनसहभागीताले आन्दोलनको बिगुल फुककेको पनि राउतले बताए। जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिंहको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष डाक्टर राउतको प्रमुख आतिथ्यतामा भएको बृहत् पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एंव प्रदेशका पुर्व कृषि राज्यमन्त्री बसन्त कुशवाहा, वरिष्ठ नेता डाक्टर शरद सिंह लगायत नेताहरुले पनि सम्बोधन गरेका थिए।

Related posts

‘जुल्मी दहेज’ को एक दिने च्यारिटी शो त्रिमुर्ती सिनेमा हलमा

hamronepaldainik

खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

hamronepaldainik

कर्मचारी संगठन पर्साको भवन कब्जा गर्ने प्रयास बिफल

hamronepaldainik
HamroNepalDainik