HamroNepalDainik.com
Uncategorizedसमाचार

पर्साको तिलावे पुलमा अहमदिया संघ द्वारा चिसो पानी वितरण

वीरगञ्ज ३१ जेष्ठ , प्रचण्ड गर्मीले आजित बनाइरहेका बेला ” सबैलाई प्रेम गर घृणा कसैलाई ” नगर मुल नाराका साथ पर्सा जिल्लाको मुख्य सडकमा वीरगञ्ज महानगरपालिका वडा नं १७ अलौं र १९ विन्दवासिनी संग जोडिएको तिलावे पुलमा आज चिसो पानी तथा सर्बत वितरण गरिएको छ।

तिलावे पुलमा बटुवा , यात्रु, रिक्सा र ठेला चालकहरुलाई निःशुल्क पानी सर्बत वितरण गरिएको छ ।

गर्मीबाट थोरै भएपनि राहत पुगोस् भनेर आज पर्साको तिलावे पुलमा बटुवा, यात्रु ,रिक्सा , ठेला , अटो चालक गरि करिब २१०० सय जनालाई निःशुल्क सर्बत र चिसो पानी वितरण गरिएको
अहमदिया संघ नेपाल बारा, पर्सा इन्चार्ज हासिन अहमदले बताए ।
सो कार्यक्रममा अहमदिया संघ नेपालका राष्ट्रिय अध्यक्ष सलिम अहमद लगायत संघका सदस्यहरूको सहभागिता रहेको थियो

Related posts

युवा नेता अनोज चौधरीले आफ्नो बुबाको सपना साकार गरन राजनितिक मा हुमिए हुन।

hamronepaldainik

बयान फेरिरहेपछि अनुसन्धानको घेरामा परेका थिए लोकबहादुर

hamronepaldainik

मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

hamronepaldainik
HamroNepalDainik