HamroNepalDainik.com
समाचारस्थानिय

चेकजाँचको नाममा प्रहरीले दु:ख दिएकाे ट्रान्सपोर्ट ब्यवसायीको आराेप

वीरगंज । ट्रान्सपोर्ट एसोसिएसन संघ वीरगंजले पछिल्लो समय प्रहरीले चेकजाँचको नाममा ट्रान्सपोर्टको माल समान रोकेर दु:ख दिएकाे आराेप लगाएका छन् । ट्रान्सपोर्टबाट गाडी ढुवानीको माल समान लोड गरेर गन्तव्य तर्फ निस्किदा प्रहरीले अनावश्यक रूपमा पक्राउ गरेर दु:ख दिएको भन्दै उनीहरूकाे आराेप छ ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर एसोसिएसन संघले प्रहरीले चेकजाँचको नाममा अनावश्यक रूपमा दिदै आएको दु:खलाई नरोके ढुवानी ठप्प पार्ने चेतावनी दिएका हुन । पत्रकार सम्मेलन अगाडि एसोसिएसन संघले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पनि ज्ञापनपत्र बुझाउदै तीन दिन भित्र प्रहरीले यस्ता गतिविधि नरोके ढुवानी रोक्ने चेतावनी दिएका थिए ।

उनीहरूले प्रहरीलाई ट्रान्सपोर्टबाट रकम माग गरेको तर नदिए गाडी रोकेर दु:ख दिदै आएको संघका सचीव नवराज अधिकारीले बताए । उनका अनुसार नेपाली माल समान लोड गर्दा पनि प्रहरीले गाडीलाई रोकेर चेकजाँच गरेर गाडीलाई होल्ड गरेर ढुवानी ब्यवसायीलाई समस्या पारेको छ ।

प्रहरीले घुमुवा पठाएर रकम माग गर्न लगाएको र नदिएपछि दु:ख दिने नियतले पक्राउ गर्न लगाएको उनको आरोप छ । पत्रकार सम्मेलनमा एसोसिएसन संघका उपाध्यक्ष प्रवीण कर्णको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एसोसिएसन संघका कोषाध्यक्ष जिवेश मिश्र लगायतकाको सहभागीता रहेको थियो ।

Related posts

विपक्षीको अनुपस्थितिमै लुम्बिनीका मुख्यमन्त्रीले लिए विश्वासको मत

hamronepaldainik

समाजवादी प्रेस संगठन नेपाल, पर्साको प्रथम जिल्ला अधिवेशन सम्पन्न

hamronepaldainik

जिराभवानी गाँउपालिकाले ल्यायो ३४ करोड ८० लाख रुपैयाको बजेट

hamronepaldainik
HamroNepalDainik