HamroNepalDainik.com
तस्बिरसमाचारसाहित्यस्थानिय

वीरगंजमा पहिलो पटक भव्य ‘रथयात्रा’ निकालियो, हजारौँ भक्तजनको सहभागिता

वीरगंज (पर्सा), ५ असार । वीरगञ्जको माईस्थानस्थित गहवामाईको नवनिर्मित मन्दिरको ११ औं वार्षिकोत्सवको अवसरमा पहिलो पटक भव्य रथयात्रा निकालिएको छ । आज बिहान मन्दिर परिसारबाट निकालिएको रथयात्रा वीरगजंको घण्टाघर, रेल्वेरोड, माईस्थान, आदर्शनगर, अलखियामठ, विर्ता हुँदै छपकैया लगायत विभिन्न स्थानमा परिक्रमा गर्दै पून गहवामाई मन्दिरमा पुगेर सम्पन्न भएको छ ।

रथलाई गहवामाई मन्दिरको आकृतिसँग मिल्दोजुल्दो बनाई फूलमाला र विभिन्न झिलीमिली बत्ती जडान गरेर दुलहीझैँ सजाइएको थियो । ११ औं वार्षिकोत्सवको विशेष अवसरमा गहवामाई मन्दिरलाई पनि दुलही जस्तै सिंगारिएको छ । नेपाल र भारतका ख्याति प्राप्त कालीगढले गहवामाईको रथ निर्माण गरेका थिए । बीरगंजको इतिहासमै पहिलो पटक रथयात्रा निकालिएको आयोजकले जनाएको छ ।

यस्तै रथयात्राम सहभागि हुन र रथ तान्नका लागि बारा, पर्सा, रौतहट लगायत छिमेकी मुलुक भारतका भक्तजनहरुको बाक्लो सहभागिता रहेको थियो । रथयात्रामा ३५ हजारभन्दा पनि बढी श्रद्धालुहरुले सहभागिता जनाएको आयोजकको दावी छ । रथयात्रा निकालिनु पूर्व तराई–मधेशका प्रचलित लोकबाजा तासको साथमा देशको अन्य भुगोल, संस्कृति, भाषा र परम्परा समेतको प्रतिनिधित्व हुने किसिमको विभिन्न नृत्य, झाँकी पनि प्रस्तुत गरिएको थियो ।

सयौँ वर्ष पूरानो इतिहास बोकेको गहवामाईको नवनिर्मित मन्दिरको उदघाटन पश्चात कुनैपनि कार्यक्रम नभएकोले ११ औँ वार्षिकोत्सवको अवसरमा रथयात्रा निकालिएको हो । गहवामाई मन्दिर समितिले अब हरेक बर्ष स्थापना दिवसको अवसर पारेर रथयात्रा निकाल्ने निर्णय गरेको अध्यक्ष श्याम पोखरेलले बताए ।

प्रचण्ड गर्मीको मौसमा निकालिएको रथयात्रामा सहभागि भक्तजनहरुको लागि विभिन्न समूदाय तथा संघ संस्थाहरुले ठाउँ ठाउँमा जुस तथा पानी वितरण गरेका थिए ।

Related posts

रहबर केयरद्धारा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर

hamronepaldainik

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी व्यवस्थापन सम्बन्धी प्रशिक्षण

hamronepaldainik

बाढी-पहिरोले काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु

hamronepaldainik
HamroNepalDainik