HamroNepalDainik.com
समाचारस्थानिय

अतिक्रमण संरचना हटाउँदै वीरगञ्ज महानगरपालिका

वीरगञ्ज, १७ असार  ।

वीरगञ्ज महानगरपालिका वडा नम्वर १५ मा सडक अतिक्रमण गरि बनेका भौतिक संरचना हटाइएको छ । प्रतितमा चोक भित्रतर्फको ट्रान्सफरमर चोकदेखि ध्रुब यादवको घरसम्म निर्माणाधिन सडकको दायाँबायाँ परेका घर टहरा महानगरको टोलीले आइतबार डोजर लगाएर हटाएको हो ।

सडकको दायाँ बायाँ परेका ७ वटा पक्कि भवन तथा टहरा हटाएको महानगरका प्रहरी प्रमुख हरि भुषालले जानकारी दिनुभयो । सडक निर्माण भइरहेको र सडकमा परेका संरचना हटाउन पटक पटक अनुरोध गर्दा पनि अटेर गरेपछि महानगरको टोली पुगेर संरचना हटाएको हो ।

स्थानीयलाई संरचना हटाएर सडक निर्माण सहयोग गर्न पटक पटक अनुरोध गर्दा पनि अटेर गरेपछि महानगरको टोली बोलाएर अतिक्रमित संरचना हटाइएको वडा नम्वर १५ का वडा अध्यक्ष रमेश यादवले बताउनुभयो ।

‘स्थानीयलाई पटक पटक अतिक्रमण गरेर संरचना हटाउन म आफैले अनुरोध गरे,’ उहाँले भन्नुभयो, ‘अटेर गरेपछि सडक निर्माणलाई अघि बढाउन महानगरको टोली बोलाएर अवरोध हटाउने लगाएको हुँ ।’ महानगरले अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी तथा अतिक्रमित जग्गा मुक्त गराउने अभियान नै चलाइरहेको छ ।

Related posts

राष्ट्र, राष्ट्रियता र नागरिकलाई सम्झेर सार्वजनिक सेवा गर्नु पर्छ : मन्त्रि गुप्ता

hamronepaldainik

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि वीरगञ्जमा विरुद्ध प्रदर्शन

hamronepaldainik

नेपालमा पनि नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

hamronepaldainik
HamroNepalDainik