HamroNepalDainik.com
शिक्षासमाचार

सुरजी देवी मा.वि.का ४ जना शिक्षक कारबाहिमा

वीरगञ्ज, २० असार
वीरगञ्जको सुरजी देवी मा.वि.का ४ जना शिक्षक कारबाहिमा परेका छन् ।

अनुगमनका क्रममा जानकारी बिना नै अनुपस्थित रहेको भेटिएपछि ४ जना शिक्षकलाई कारबाहि स्वरुप स्पष्टिकरण माग गरिएको छ ।

सामुदायिक (सरकारी) विद्यालयहरुको पठन पाठन चुस्त पार्न महानगरले अनुगमनलाई तिब्र पारेको छ ।

विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्रलाई अनुपस्थित भएका शिक्षकहरुसँग स्पष्टिकरण लिएर २४ घण्टा भित्र महाशाखामा पेश गर्न निर्देशन दिइएको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिनुभयो ।

विद्यालयको पठन पाठन अवलोकन गर्न महानगर प्रमुख राजेशमान सिंह आफै विद्यालय पुग्नु भएको थियो ।

उहाँले विना जानकारी अनुपस्थित हुने शिक्षकलाई पहिलो पटक स्पष्टिकरण माग गर्ने र पटक पटक अनुपस्थित भए सुविधा कट्टाका साथै निलम्बन गर्ने सम्मको कारबाही गर्न महाशाखा प्रमुखलाई निर्देशन समेत दिनुभएको छ ।

अनुगमनका क्रममा विद्यालयको भौतिक संरचनाका साथै बेवारिसे रहेको कम्प्युटर ल्याब तत्काल संचालनमा ल्याएर विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न पनि उहाँले विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई निर्देशन दिनुभएको छ ।

Related posts

सानवी फाउण्डेसन अफ नेपालकाे आयोजनामा फ्रि ग्रुप कार्डियो तथा जुम्बा प्रोग्राम सम्पन्न

hamronepaldainik

प्रदिप यादवलाई मन्त्री नबनाएपछि उपेन्द्र यादवलाई काला नाग भन्दै वीरगंजमा प्रदर्शन

hamronepaldainik

पर्साको अमरपट्टीका बरिष्ठ सई गुरुङ्गले लाखौ नजराना बुझी तस्करी गराउदै

hamronepaldainik
HamroNepalDainik