वीरगंज । पर्साकाे पोखरिया नगरपालिका वडा नं. ९ सेमरवारीबाट लागु औषध गाँजासहित एक जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको चेकिङ टोलीले कालिकामाई गाउँपालिका वडा नं. ५ निवासी ३२ बर्षिय बृज किसोर पासवानलाई पक्राउ गरेकाे हाे ।
आइतबार दिउसाे ०४:०० बजेको समयमा पासवानलाई रोकी निजको तलासी लिदा निजले बोकेको झोला भित्र लागु औषध गाँजा १२ के.जी. फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।
उल्लेखित परिमाणको लागु औषध सहित निज पासवानलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको उनले वताए ।
यसैगरी बाराबाट पनि १०५ किलो अवैध लागू औषध गाँजा सहित ट्रक बरामद भएकाे छ । जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ना.१.क.३२०५ नम्बरको ट्रकमा लागू औषध गाँजा बरामद गरेकाे हाे ।
मंगलबार बिहान ७ बजेको समयमा ट्रकमा लुकाई छिपाई ल्याई रहेको भनी बिशेष सुचनाको आधारमा उक्त नं.को ट्रक खोज तलास गर्दै जाने क्रममा बिहान ०७:२० बजेको समयमा बाराकाे जितपुरसिमरा उपमहानगरपालिकाकाे वडा नं.२२ पुर्ब पश्चिम लोक राजमार्ग सडक खण्डको चुरिया माई मन्दिर नजिक सडकको पुर्ब साईडको नालामा ट्रक पल्टिएको अबस्थामा फेला परेकाे थियाे ।
सो ट्रकमा चालक तथा सह-चालक समेत नभएकोले उक्त नम्बरको ट्रक चेक जाँच गर्दा सामान लोड गर्ने पछाडीको भागमा फल्स डब्बा भित्र प्लास्टिकको ५ वटा बोरामा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध गाँजा एक सय ५ किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
बरामद लागु औषध गाँजा सहित ट्रक नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय सिमरामा ल्याई राखिएको र ट्रक चालक लगायत उक्त घटनामा संलग्न रहेका व्यक्तिहरुको खोत तलास लगायतको अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरिक्षक रुपेश साहले जानकारी दिए ।