पर्सा । मधेस विश्वबिधालयले यहीँ आर्थिक वर्ष ०८०/०८१ देखि कानुन र जनप्रशासन बिषयमा अध्यापन शुरु गर्न लागेको मधेस विश्वबिधालयका रजिस्ट्रार बिजय कुमार यादवले बताएका छन् । मंसिर १६ गते प्रथम इतिहासीक सभा सम्पन्न भइ स्थापना भएको मधेस प्रदेश सरकारको स्वामित्वमा रहेको उक्त मधेस विश्वबिधालय बीरगंजको नेशनल ट्रेनिङको मुख्य कार्यालय भदौ २२ गतेदेखि संचालनमा रहेको र सोही कार्यालय भित्र कक्षा कोठा तयारी भएको रजिस्ट्रार यादवले बताए । बीरगंज,पर्सा ,बारा ,रौतहट लगायत अन्य जिल्लाका विद्यार्थीहरु अब आफ्नै घरको खान खाएर कानुन तथा जन प्रशासन घरमा नै बसेर पढ्न सक्ने वातावरण विश्वबिधालयले गर्न लागेको हो । छोटो समयमा धेरै कामहरु आफुहरुले गरेको र गरिब तथा विपन्न एवम् अन्य समुदायको लागि अब कम रकममा बीरगंजमा नै अध्यापन हुने वातावरण तयारी भएको रजिस्ट्रार यादवको भनाइ रहेको छ। मधेस विश्व बिधालय स्थापना भए देखि विभिन्न चरणमा नियमावली ,कानुन तथा कार्यविधि र निर्देशीका बनाउन समय खर्चिनु परेको बताए । लामो संर्घष पछि मधेस विश्वबिधालय स्थापना गर्न पाउनु नै हाम्रो लागि धेरै उपलब्धि भएकोले सरकार स्तरको यो विश्वबिधालयमा गरिव तथा विपन्न वर्गका ब्यक्तिहरुका छोराछोरीहरु कानुन पढ्न पाउने भए पछि धेरै उपलब्धि हुने मधेस विश्व बिधालयका रजिस्टार यादवले बताएका हुन । मधेस विश्वबिधालयका लागि बहुदरमाइनगरपालिका वडा नम्बर २ मा ३५ बिघा जग्गाको डिपिआर तयारी भइरहेकोले चाडैं सुविधा सम्पन्न भौतिक संरचना तयारी हुने समेत बताएका छन् । हामीलाई कानुन तथा कार्यविधि र निर्देशिका बनाउन समय लागेको नत्र यो पहिले नै संचालनमा आइसक्यो भनेर रजिस्टार यादवले बताए । उनलेे भने एकातिर भौतिक संरचना तयारी गर्न अर्कोतिर यसको कार्यविधि र जग्गा खोज खोजबिन गर्न समय लागेको यादवले जिकिर गरेका छन् । सस्तो र सरकारी स्तरमा सबै वर्गका विद्यार्थीहरु पढ्न पाउन भन्ने मधेस प्रदेश सरकारको योजना रहेकोले यो मधेस विश्व बिधालयको स्थापना भएको हो ।अब यहाँका जनताले धेरै लाभ लिनसक्ने विश्वास लिएको बताएका छन् ।