HamroNepalDainik.com
समाचार

नार्क र विनरक इन्टरनेशनलका पदाधिकारी बीच कृषि अनुसन्धानमा सहकार्य बारे छलफल

काठमाडौं ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र विनरक इन्टरनेशनलका पदाधिकारी बीच कृषि अनुसन्धानमा सहकार्य गर्ने बारेमा छलफल भएको छ ।

नार्कको केन्द्रीय कार्यालय खुमलटारमा आज भएको छलफलमा यूएसएड अन्तर्गत विनरक इन्टरनेशनल मार्फत सञ्चालन हुने कृषि सामग्री परियोजना लागु गरी धान, मकै, मुसुरो र तरकारी बालीहरुमा बिउबिजन, याञ्त्रीकरण, सिंचाई र खाद्यतत्व व्यवस्थापनमा सहकार्यका बिषय समेटिएका थिए ।

सो परियोजना सुरुमा सुदुरपश्चिम, लुम्बिनी, कर्णाली र वागमती प्रदेशमा लागुहुनेछ । भविष्यमा अन्य प्रदेशमा समेत विस्तार गर्न सकिने जनाउँदै विनरक इन्टरनेशनलका तर्फबाट एलेक्सिस एलिकोटले यो परियोजनाको डिजाइनको अवस्था देखि नै सहकार्य गर्न चाहेको बताइन् ।

विनरक इन्टरनेशनलका रिक ओडीले यो परियोजनाको कार्यान्वयनमा नार्कको अनुसन्धानको पक्ष महत्वपूर्ण रहने बताए ।

नार्कका कार्यकारी निर्देशन डा. ध्रुवराज भट्टराईले नार्कसंग सहकार्य गर्न सकिने मुख्य पक्षहरुमा जोड दिएका थिए । उनले नेपालको कृषि अनुसन्धान प्रणाली बारेमा जानकारी दिदै कृषि अनुसन्धानका प्राथमिकताहरुको विवरण प्रस्तुत गरेका थिए ।

वाली तथा वागवानी अनुसन्धान निर्देशक डा.कृष्णकुमार मिश्रले अनुसन्धानका उपलब्धिलाई किसानसम्म पुर्याउँन उपयुक्त माध्यम पनि पहिलै सुनिश्चित गर्नुपर्ने बताए ।

योजना महाशाखा प्रमुख डा.टेकप्रसाद गोतामेले वालीनालीको प्राथमिकता तय गर्दा नेपाली बजारको माग अनुसार गर्नुपर्ने बताए । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले नेपालमा कृषिसंग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरुले कृषिको उत्थानमा निकै चासो दिइरहेको र त्यसलाई हामीले सकारात्मक रुपमा लिई नतिजामुखी काम गरेर देखाउँनुपर्ने खाँचो रहेको बताए ।

छलफलमा योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डे, बैज्ञानिक डा. सविना देवकोटा, विनरक इन्टरनेशनलको तर्फबाट रुद्रबहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

Related posts

राजीनामा दिएर अख्तियारलाई सघाउन:मुख्यमन्त्री राउतलाई सोनलको आग्रह

hamronepaldainik

नारायणी अस्पतालका लेखापाल सहनीलाई केही कर्मचारीहरु बदनाम गराउदै

hamronepaldainik

नेपालगन्जमा कर्फ्यु जारी

hamronepaldainik
HamroNepalDainik