HamroNepalDainik.com
शिक्षासमाचार

सान्भी फाउन्डेसनद्धारा सञ्चालित सिलाई कटाई तालिम सम्पन्न

वीरगंज । सान्भी फाउन्डेसन अफ नेपाल वीरगंज पर्साद्धारा सञ्चालित ४५ दिने सिलाई कटाई तालिम बिहिवार सम्पन्न  भएको छ ।
फाउन्डेसनको कार्यालय माईस्थान वीरगंजमा आयोजित समापन कार्यक्रमका प्रमुख अतिथि कृषि अनुसन्धान मधेश प्रदेश निर्देशका निर्देशक डा. बिशेस्वर प्रसाद यादवले तालिममा सिकेका ज्ञान र सिपलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए ।
फाउन्डेसनका अध्यक्ष सानु कुमारीको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि वीरगंज महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष जय प्रकाश अग्रवाल, वडा प्रहरी कार्यालय श्रीपुरका बरिष्ठ प्रहरी नायब निरिक्षक टेक बहादुर कार्की, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।
तालिममा सहभागी २५ जना किशोरी तथा महिलाहरुलाई प्रशिक्षक सानु चौहानले प्रशिक्षण दिएकी थिईन ।
समापन कार्यक्रममा अंकित चौधरी, निर्मल मिश्र, शशांक कुमार सिंह, कृति पोदार, रत्नेश मिश्र, आविदा खातुन, सोफिया खातुन अंसारी, आकाश शाह, रिजील श्रेष्ठ, सुरज कुशवाहा लगायतको सहभागीता रहेको थियो । तालिममा सहभागीहरुलाई प्रमुख अतिथि एवं अतिथिहरुले प्रमाणपत्र वितरण गरेका थिए ।

Related posts

३ वर्षमा बनिसक्नुपर्ने तिलावेपुल ६ वर्षमा पनि अधुरै

hamronepaldainik

पर्साको ईटियाहीमा घरको स्ल्यापबाट खसेर किशोरको मृत्यु

hamronepaldainik

आँखको समस्या र उपायको बारेमा विशेष चर्चा गर्दै डा. बि. डि. चौरसिया संग

hamronepaldainik
HamroNepalDainik