HamroNepalDainik.com
प्रदेशसमाचार

५ लाख घुससहित गाउँपालिकाका लेखापाल र कम्प्युटर अपरेटर पक्राउ

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका र सप्तरी जिल्ला अदालतका लेखापालसहित दुई जनालाई अख्तियारले आज बिहान राजविराजबाट घुससहित पक्राउ गरेको छ ।

इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई घुससहित पक्राउ परेको हो ।

लेखापाल यादव विष्णुपुर गाउँपालिका र सप्तरी जिल्ला अदालत गरी दुवै कार्यालयका लेखापाल हुन् । इटहरीस्थित अख्तियारका प्रवक्ता निरज देवले लेखापाल र कम्प्युटर अपरेटर पक्राउ परेको जनाए । उनका अनुसार उपभोक्ता समितिबाट २ लाख नगद र ३ लाखको चेक लिँदै गर्दा दुवैजना समातिएका हुन् ।

घटनास्थलको मुचुल्का गरी पक्राउ परेकाहरुमाथि कानुनी कारबाही अगाडि बढाइएको प्रवक्ता देवले जानकारी दिए ।साभार कान्तिपुर टीभी

Related posts

मिटरब्याजसम्बन्धी विधेयक सर्वसम्मतले पारित

hamronepaldainik

अनियमितता भएकाे भेटिएपछि केन्द्रध्यक्ष सहित खटिएका सबै कर्मचारीहरुलाई जिम्मेवारीबाट हटाइयाे

hamronepaldainik

वैदेशिक रोजगारको ठगी मुद्दा जिल्लामै मिलाउन कार्यविधि

hamronepaldainik
HamroNepalDainik