HamroNepalDainik.com
राजनीतिसमाचार

नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ को प्रथम क्षेत्रीय सम्मेलन सम्पन्न

बिरगंज । नेपाली कांग्रेस पर्साको क्षेत्र नं २ को प्रथम क्षेत्रीय समेलन को आयोजना नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री महेन्द्र यादवको प्रमुख अथिती आज सम्पन भएको छ । सो सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा महेन्द्र यादवले पर्सा जिल्लाका नेता तथा धनुषा जिल्लाका नेता बिच घनिष्ठ सम्बन्ध रहेको बताए। नेपाली कांग्रेसको हरेक प्रजातान्त्रिक लडाइमा पर्सा जिल्लाका नेता तथा धनुषा जिल्लाका नेता लोग अग्रसरता रहेर लडेको बताए। ३५ वर्ष पहिला देखि पर्सा जिल्लाका नेताहरु सगं भावनात्मक सम्बन्ध रहेको बताए। त्यस्तै उनले अबको चुनावमा अन्तरघाट नगर्न सम्पुर्ण नेपाली कांग्रेसका नेतालाई कमिटमेन्ट गर्न तथा कसम खान्न आग्रह गरेका थिए।

विशिस्ट अतिथिका रुपमा रहेका संघीय सांसद एवम नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाले आफू स्थानीय चुनावमा सुरु देखि नै बिरोधमा रहेको बताए । यसको लागि पर्साका दिग्गज नेताहरु लाई लिएर पुर्व प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा संग पनि धेरै चोटि कुरा गरेको तर केही उपलब्धि नभएको बताए । यहाँ सम्म कि स्थानीय चुनावमा आफू बिरगंज महानगरपालिकामा स्वतन्त्र उम्मेदवारलाई स्पोट गर्न खोजेको तर त्यस्तो उमेदवार नभेटेको कारण बाध्य भइ केन्द्रको दवावमा स्पोट गर्नु परेको बताए ।

सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाली कांग्रेस पर्साका जिल्ला सचिव तथा बिरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले नेपाली कांग्रेस पार्टीले गठबंधन केन्द्रिय अध्यक्ष शेर बहादुर देउवाको मात्र निर्णय ले नभएको यो पुरै केन्द्रिय सदस्यको निर्णयले भएको बताए । स्थानीय चुनावमा नेपाली कांग्रेसले गरेको गठबन्धन आफू नेपाली कांग्रेस पार्टीले दिएको आदेसको रुपमा रहेको बताए । स्थानीय चुनावमा बिरगंज महानगपालिका मेयर र उप-मेयरको मतपत्र मा १० हजारले फरक आउनु गठबन्धनमा धोका भएको बताए । आफ्नु लाई बिना प्रमाणले आरोप लगाइदै छ कि म मेयर संग मिलेर काम गर्दै छु । तर यो एकदम गलत भएको बताए । आफू दिन रात मेयर संग जनताको भलाइ र नेपाली कांग्रेसको लागि लादै आएको छु । आफू हरदम पार्टीको शुद्धीकरणको लागि काम गर्दै आएको तथा पार्टीमा मेलमिलापको लागि अवाज उठाउदै आएको बताए ।

नेपाली कांग्रेस पर्सा अध्यक्ष जनार्दन सिंह क्षत्रीले नेपाली कांग्रेसले गठबन्धन गर्नु केन्द्रिय समिती को निर्णय रहेको बताए । सो निर्णय अनुसार पर्सा जिल्ला कुनै ठाउँमा गठबंधन भएको तथा कुनै ठाउमा गठबन्धन नभएको बताए । कांग्रेस भित्र कै मान्छे ले धेरै ठाउँमा कांग्रेस पार्टी लाई भोट नदिएको कारण पराजित हुनु परेको बताए

त्यस्तै नेपाली कांग्रेस पर्साका उप-सभापति राम नारायण कुर्मीले अहिले बिरगंजमा पानीको अभाव दिन प्रतिदिन बढ्दै गएको र जनताहरु मा भएको स्थिति उत्पन हुँदै गएको उनले बताए । अहिके नेपाली कांग्रेसका सम्पुर्ण जनप्रतिनिधि लगायत पार्टी कार्यकर्ता मिलि यो समस्यालाई समाधान गर्न एक जुट हुनु पर्ने बताए ।

आज भएको उक्त क्षेत्र नं २ को क्षेत्रीय सम्मेलन पर्सा क्षेत्र नं २ का सभापति मोहम्मद सबुदिनको सभापतित्वमा सम्पन्न भएको थियो । सो सम्मेलन नेपाली कांग्रेसका स्थानीय नेता वडा अध्यक्ष,तरुण दलका नेताहरु,ने.वि.संघका नेताहरु,महिला संघका नेताहरु लगायत धेरैको संख्यामा नेपाली कांग्रेसका कार्यकर्ताको उपस्तिथि रहेको थियो ।

Related posts

कृष्ण जन्माष्टमीको अवसरमा वीरगंजमा भव्य शोभायात्रा

hamronepaldainik

राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

hamronepaldainik

हृदयघातको कारणले युवा पत्रकार नरेश सरार्फको निधन

hamronepaldainik
HamroNepalDainik