HamroNepalDainik.com
समाचार

साहिब दरबारद्वारा वीरगञ्जको त्रिजुद्ध माविमा निशुल्क आँखा शिविरको आयोजना

वीरगञ्ज, १७ भदौ
वीरगञ्जको विर्तास्थित त्रिजुद्ध माविमा ५ दिने निशुल्क आँखा तथा दाँत परीक्षण शिविर सुरु भएको छ । वीरगञ्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग र साहिब दरबारको आयोजनामा आइतबारदेखि ५ दिने शिविर सुरु भएको हो ।
विद्यार्थी संख्या धेरै भएको हुँदा पढाई प्रभावित नहुने गरी ५ दिनसम्म सबै विद्यार्थीको आँखा तथा दाँत जाँच गर्ने गरी शिविरको आयोजना गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले बताएका छन ।
शिविरमा विद्यार्थीहरुको आँखा तथा दाँतको परीक्षण गरिने वीरगञ्ज सामुदायिक आँखा अस्पतालका व्यवस्थापक प्रेम घिमिरेले जानकारी दिए । शिविरमा अस्पतालका नेत्र विशेषज्ञ प्रभात चौरसिया नेतृत्वको टोलीले विद्यार्थीहरुको आँखा जाँच गरीरहेको छ । शिविरमा आँखाको समस्या देखिएकाहरुलाई निशुल्क रुपमा औषधि समेत वितरण गरिएको घिमिरेले जानकारी दिएका थिए  ।
पछिल्लो समयमा आँखा पाक्ने रोग फैलिएपछि विद्यालयमै शिविरको आयोजना गरेर सबै विद्यार्थीको निशुल्क जाँच गर्ने व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक नविन मिश्राले बताएका थिए ।
साहिब दरबारले यसअघि वीरगञ्जका विभिन्न विद्यालयमा आँखा तथा दाँत शिविर सम्पन्न गरीसकेको छ ।

Related posts

थप ३९१ जनामा कोरोना संक्रमण, ६८० जना संक्रमणमुक्त

hamronepaldainik

पर्साकाे धाेबिनी गाउँपालिकाकाे याेजना शाखा प्रमुख पप्पु पटेलमाथी दुर्व्यवहार

hamronepaldainik

क्रसर खोल्न दिने सरकारको निर्णय

hamronepaldainik
HamroNepalDainik