HamroNepalDainik.com
समाचार

जनता आवासमा भेदभाव वडा अध्यक्षको हैकमवादी चरित्र ,उपाध्यक्षका श्रीमान र वडाअध्यक्ष विच हातपात

बारा, २४ भदौ । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामेश्वर कलवारको हैकमवादीले सीमा नाघेको छ । सरकारले गरिब तथा विपन्नको घर बनाउन हरेक वडा कार्यालयमा आवश्यकता अनुसार फारम सङ्कलन गराइरहेको छ तर वडाध्यक्ष कलवारको हैकमवादीले सदियौँदेखि गरिबीको चपेटामा रहेका स्थानीयलाई भेदभाव गर्दै फारम भर्न दिइएका छैनन् ।

अनुगमनमा आएका कर्मचारीहरूले मापदण्डमा पर्ने र आवश्यकताका आधारमा छुटेकाको फारम भर्न मिल्ने बताए पनि वडाअध्यक्ष कलवारले यस वडाको मेयर, उपमेयर आफै रहेको र आफूले सिफारिस गरेको बाहेक कसैको हुन नदिने भन्दै फारम भर्न छुटेका स्थानीय तथा युवा नेता उमेश गुप्ता लगायतलाई हातपात तथा दुर्व्यवहार गरेर पठाएको छ ।

निवेदन छुटेकालाई समावेश गराउन स्थानीयले गापा उपाध्यक्ष सुगान्धी देवी र उनका श्रीमान् तथा एमालेका युवा नेता उमेश गुप्तालाई गुहारे पनि वडा अध्यक्ष कलवारले शहरी विकास कार्यालय मार्फत स्थानीयवासीको घर बनाउन खटिएका कर्मचारीहरूकै अगाडि फारम भर्न नदिई उल्टै हातपात तथा दुर्व्यवहार गरेका थिए ।

यस विषयमा वडा अध्यक्ष कलवारसँग बुझ्दा उनले भने, उपमेयरका श्रीमान् उमेश गुप्ताले घर बनाउन खटिएकालाई आफ्नो अनुकूल गर्न दबाब दिएकाले सामान्य विवाद भएको प्रतिक्रिया दिए । शहरी बिकाश मार्फत स्थानीयबासीको घर बनाउनलाई खटीएकालाई आफ्नो अनुकुल गर्न दबाब दिदाँ रोक्न खोजेपछि गुप्ताले गाली गलौज र अभद्र व्यवहार गरेको वडाअध्यक्ष कलवारले बताए ।

उनका अनुसार पछिल्लो समय गाँउपालिकामा एमालेका नेता कार्यकर्ता र जनप्रतिनिधिहरुले गुण्डागर्दी गर्दै आईरहेका छन । तर यता गुप्ताले भने मापदण्डमा पर्ने गरिब असहाय जोकोहीले पनि सरकारको सेवा लिन पाउन भन्ने उद्देश्यले छुटेकालाई समावेश गराउन खोज्दा आफू सहित छुटेका गरिब विपन्न स्थानीयहरूलाई हातपात तथा दुर्व्यवहार गरेको बताएका छन् ।

मापदण्ड पुगेको सबैलाई सरकारको सेवा लिने अधिकार रहेपनि जनता समाजवादी पार्टीबाट निर्वाचित वडा नम्बर ५ का वडा अध्यक्ष रामेश्वर कलवारले निवेदन समेत भर्न नदिएर कानुनी राज्यमा हैकमवादीको दम्भ देखाएको छ ।

Related posts

चुनाव जुन सुकै बेला पनि हुन सक्छ, तयारीमा लाग्नुस् : उपेन्द्र यादव

hamronepaldainik

गठबन्धनको पक्षमा मतदान गर्न कांग्रेस नेता रिजाल र चौरसियाको अपील

hamronepaldainik

समाजसेवी सम्मी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा राष्ट्रपतिबाट विभूषित

hamronepaldainik
HamroNepalDainik