HamroNepalDainik.com
समाचार

पत्रकार दुबेको आमाको पार्थिव शरिरमा नेता रौनियारले राष्ट्रिय झण्डा ओढाई गरे श्रद्धाञ्जली अर्पण

वीरगंज ३० भादो,
बाराको फेटा गाउँपालिका वडा नं. ७ गम्हरिया निवासी जन गुनासो डेलीका सञ्चालक तथा ग्लोबल टेलिभिजन बारा, पर्सा, रौतहट प्रमुख पत्रकार उमेश दुबेको ममतामयी आमा लक्ष्मी देवीको शनिवार हिन्दू परम्परा अनुसार दाह संस्कार गरिएको छ ।
मधुमेह र मुटु रोगबाट ग्रसित आमा लक्ष्मी देवीको ६७ बर्षको उमेरमा काठमाडौंको शाहीद गङ्गालाल अस्पतालमा लामो समय देखि उपचार गराईरहेकोमा शुक्रवार राती करिब १० बजे निधन भएको थियो ।
बाराको फेटा गाउँपालिका वडा नं. ७ गम्हरियाको ुसमसानघाटमै पुगेर स्व. लक्ष्मी देवीको पार्थिव शरिरमा नेपाली काँग्रेस बाराका सचिव एवं युवा नेता राजेश रौनियारले नेपालको राष्ट्रिय झण्डा ओढाई सम्मान सहित श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सम्मान गर्दै रौनियारले पत्रकार दुबेले आफ्नो पत्रकारिता पेशा मार्फत समाजमा भए गरेका बिकृति बिसंगति बिरुद्ध सधै कलम चलाई समाजको हितमा काम गरेको हुनाले उहाँलाई जन्म दिने आमा स्व. लक्ष्मी देवीको पार्थिव शरीरमा नेपालको झण्डा ओढाई सम्मान गरेको बताए ।
दाह संस्कारमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक कोमल शाह, बारा, पर्साका सञ्चारकर्मी लगायत स्थानियहरुले घाटमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Related posts

पर्सेली पत्रकार जगतमा ‘हाम्रो नेपाल दैनिक’ अनलाइन पत्रिका संचालनमा

hamronepaldainik

उच्च अदालत बार एशोसिएसन वीरगञ्जमा पनि बिरोध सभा कार्यक्रम

hamronepaldainik

राजस्व चुहावट नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

hamronepaldainik
HamroNepalDainik