HamroNepalDainik.com
समाचार

मलंगवामा भएकाे हिंसात्मक घटनाकाे विराेधमा वीरगंज बन्द

६ असोज, बिरगंज  । सर्लाहीकाे मलंगवामा भएकाे घटनाकाे विराेधमा शनिबार वीरगंज बजार बन्द भएकाे छ । दोषीमाथि कारबाही माग गर्दै हिन्दु समाजले वीरगंज बजार बन्द गराएका हुन् । बजार बन्द हुँदा साइकल मोटरसाइकल बाहेकका सवारीसाधन पनि ठप्प छन् । साँझसम्मको लागि मात्रै समर्थन स्वरुप बजार बन्द गरिएको वीरगंज हिन्दू समाजले जनाएको छ ।

बन्दकाे कार्यक्रम सफल बनाउन समाजका युवाहरुले वीरगंजमा प्रदर्शन समेत गरेका थिए । प्रदर्शनकारीहरुले वीरगंजकाे घण्टाघर चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच समेत भएकाे थियाे । उनीहरुले टायर बालेर प्रदर्शन गर्न थालेपछि स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरी र प्रदर्शनकारी बिच विवाद भएको हो । भिडलाई तितरबितर पार्ने क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको छ । अहिले स्थिती नियन्त्रणमा रहेको बताइएको छ ।

त्यसअघि वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट निकालिएको शान्तिपूर्ण जुलुस नगर परिक्रममा गरेको थियो । प्रदर्शनकारीहरुले वीरगंजकाे मुख्यसडकमा रहेका पसलदेखि लिएर गल्लीमा रहेका साना पसलहरु समेत बन्द गराएका छन् । बिहीबार साँझ सर्लाहीकाे मलंगवामा गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएको थियो । जसमा स्थानीय रुपेश यादवमाथि छुरा प्रहार भएको छ । युवकको अवस्था गम्भीर छ ।

Related posts

सखुवा प्रसौनिका एक दर्जन भन्दा बढी स्थानिय नेताद्वारा जसपा प्रबेश

hamronepaldainik

समानुपातिक तर्फको सांसद निर्वाचित भएको घोषणा २६ मंसिरमा गरिने

hamronepaldainik

आईटी आर्मीद्धारा सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा राख्न सरकार सँग माग

hamronepaldainik
HamroNepalDainik