HamroNepalDainik.com
समाचार

किशन सर्राफको अध्यक्षतामा वीरगञ्ज सामाजिक संस्था महासंघ गठन

वीरगञ्ज ।  वीरगञ्जमा रहेका सामाजिक संघ संस्थाहरुको प्रतिनीधिबाट वीरगञ्ज सामाजिक संस्था महासंघ गठन गरिएको छ । विभिन्न संघ संस्थाका प्रतिनीधिहरुको उपस्थितीमा शनिवार वीरगञ्ज पब्लिक कलेजको सभा कक्षमा भएको भेलाले किशन सर्राफको अध्यक्षतामा महासंघ गठन गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा सानु गुप्ता र खुशी रौनियार, सचिवमा बिकी सर्राफ, सहसचिवमा आदर्श ठाकुर, कोषाध्यक्षमा राज शाह र सहकोषाध्यक्षमा ऋषु वर्मा चयन भएका छन् ।

यस्तै महासंघको प्रशासन प्रमुखको जिम्मेवारी ओम कुमार झालाई दिइएको छ । सिद्धार्थ गुप्ताले संयोजकको भूमिका निर्वाह गर्नेछन् भने विवेक झालाई प्रवक्ता तोकिएको छ । सहसंयोजक सुजल ठाकुर रहनेछन् भने सदस्य संयोजकमा नीतीश वर्णवाल, कार्यक्रम संयोजकमा बिकी गुप्ता चयन भएका छन् ।

संस्थापक तथा मानार्थ समितिको प्रमुखमा ओशन गुप्ता चयन भएका छन् । संस्थापक तथा मानार्थ समिति सदस्यमा किशन सर्राफ, बिकी सर्राफ, सानु गुप्ता, आयुष गुप्ता, रणधीर बर्णवाल र मधुरंजन शाह रहेका छन् ।

आयुष गुप्ता र आकाश दासलाई सूचना तथा प्रविधि विभागको जिम्मेवारी दिइएको छ । वीरगञ्जमा रहेका विभिन्न १२ वटा सामाजिक संघ संस्थाका प्रतिनीधिहरुबाट वीरगञ्ज सामाजिक संस्था महासंघ गठन गरिएको हो ।

Related posts

कांग्रेस सहमहामन्त्रीमा जीवन परियार निर्वाचित

hamronepaldainik

सान्भी फाउन्डेसनद्धारा सञ्चालित सिलाई कटाई तालिम सम्पन्न

hamronepaldainik

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा भियतनामको व्यवसायीक उद्यान (व्यापारिक पार्क) अवलोकन

hamronepaldainik
HamroNepalDainik