HamroNepalDainik.com
समाचार

बाल सुधारगृहबाट फरार दुई जना बालकैदीहरु पक्राउ

१४ असोज,वीरगंज । बाल सुधार गृह वीरगंजबाट फरार दुई जना बालकैदीहरु पक्राउ परेका छन् । वीरगंज महानगरपालिकाकाे वडा नं. ४ बिर्तास्थित रहेकाे बाल सुधार गृहबाट फरार दुबै जनालाई प्रहरीले ४८ घण्टामा नियन्त्रणमा लिन सफल भएकाे हाे । बाल सुधार गृहका फरार दुईजना बालकैदीहरु पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले जानकारी दिए ।

उनले फरार मध्ये एक जना शनिबार राति सर्लाहीकाे भारतिय सिमाबाट र एक जना सिराहाकाे भारतिय सिमाबाट आइतबार विहान पक्राउ परेकाे वताए । दुबै जनालाई जिल्ला ल्याउने कार्य भइरहेकाे डिएसपी थापाले वताए । गएको शुक्रबार बिहान २ बजेको समयमा दुबै जना सुधार गृहकाे छतमाथिकाे काँडेतार काटेर फरार भएका थिए । फरार भएका कैदीहरू मधेश प्रदेशको सर्लाही र सिराहा जिल्लाका थिए । दुबै जना मध्ये एक जना कर्तव्य ज्यान मुद्दा र एक जना जबरजस्ती करणी मुद्दामा बाल सुधार गृहमा राखिएकाे थियाे ।

प्रहरीका अनुसार सुधार गृहका दुईजना फरार भएका कैदी वीरगंजकाे रेल्बे राेड हुँदै शंकराचार्य गेट तर्फ गएकाे सिसि टिभि क्यामेरामा देखिएका थिए । उनीहरू शुक्रबार बिहान ५ बजेको समयमा सँगै एकआपसमा कुराकानी गर्दै खाली खुट्टा हिँडेर वीरगंज भन्सार तर्फ गइरहेको अवस्थामा प्रहरीको सिसिटिभी क्यामेरामा देखिएका थिए । फरार कैदीहरु भारत तर्फ गएकाे शंकाकाे आधारमा प्रहरीले रक्साेलमा पुगेर रेल्वे स्टेसनको क्यामेरा पनि चेकजाँच गरेको भए पनि उनीहरू देखिएका थिएनन् ।

भदौ २६ गते मात्रै भक्तपुर बाल सुधार गृहबाट वीरगंज बाल सुधार गृहमा ल्याइएका बालकैदी र यहाँ पहिल्यैदेखि बस्दै आएकाहरूबिच झडप भएको थियो । झडपमा दुई जना प्रहरीसहित १३ जना घाइते समेत भएका थिए । झडप पश्चात् भक्तपुरको सुधार गृहबाट ल्याइएका मध्येका १५ जना बालकैदीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय पर्साको थुनुवा कक्षमा राखिएको छ । झडप हुनु भन्दा पहिला सुधार गृहमा प्रहरी सहायक निरिक्षक (असई)को नेतृत्वमा सादा पोशाकका सात जना प्रहरीहरू खटाइएको थियो भने हाल नौ जना प्रहरीलाई खटाइएको छ ।

हाल ६० जना बस्ने क्षमता रहेको बाल सुधार गृहमा १ सय २६ जनालाई राखिएको छ । १०/११ को सांघुरो एउटा कोठामा १४/१५ जना बालबालिकाहरू बस्नु पर्ने बाध्यता रहेको छ । एउटा कोठामा खाटमाथि खाट राखेर बालकैदीबन्दीहरूलाई बस्न लगाइएको छ ।

Related posts

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुलाई वीरगन्ज महानगरद्धारा १५ लाख जरीवाना

hamronepaldainik

मापदण्ड विपरीत सामान बिक्री गर्ने ७६ व्यावसायिक फार्म कारबाहीमा

hamronepaldainik

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा दवारा र्याली तथा कोण सभा सम्पन्न

hamronepaldainik
HamroNepalDainik