HamroNepalDainik.com
समाचारस्थानिय

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा

वीरगञ्ज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ विद्यार्थी नै थुनामा परेको घटना बाहिर आएको छ। पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका – २४ बहुवरीमा सञ्चालित शारदा माध्यमिक विद्यालयको पशु विज्ञान र कृषि सङ्कायको कक्षा सञ्चालन गर्न माग गरेपछि विद्यार्थीलाई सोही विद्यालयका शिक्षकहरूले थुनेर राखेको घटना सार्वजनिक भएको हो । यो घटना २०८० असोज १५ गते सोमबार आ बिहान १० बजेको हो ।
पठनपाठन नियमित सञ्चालन गर्न माग गरेपछि विद्यालय प्रशासनले आफूहरूलाई कुटपिट गर्नाका साथै घन्टौं थुनेर राखेको विद्यार्थीहरूले आरोप लगाएका छन् ।
दैनिक सात घण्टी पढाइ हुनुपर्नेमा एक घण्टी समेत पढाइ नभएको जानकारी महानगरपालिकाको शिक्षा महाशाखामा गराउँदा समेत कुनै सुनुवाइ नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

विद्यालय प्रशासनले आफूहरूबाट सबै शुल्क असुल गरे पनि अहिलेसम्म पूरै किताबसमेत उपलब्ध नगराएका कारण दोस्रो वर्षको पहिलो सेमेस्टर परिक्षामा ११ मध्ये एकजना मात्र उत्तीर्ण भएको विद्यार्थीहरू बताउँछन् । प्राविधिक शिक्षाको कक्षा नियमित सञ्चालन नभएको विषयमा विद्यालय प्रशासनसँग बुझ्दा विद्यालयका प्रअ बिदामा रहेकाले प्रविधिक कक्षाबारे उहाँले नै जानकारी दिने जनाएको छ ।
महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विद्यालयमा अध्यापन गराउने शिक्षकले तलब नपाएका कारण पढाइ नभएको जानकारी दिनुभयो । उहाँले शिक्षकको सबै तलब समयमै पठाएको विद्यलायको प्रतिवेदनबाट देखिएपछि सो घटनाको छानबिन सुरु गरिएको बताउनुभयो ।

Related posts

कृषिमन्त्री भुसाल भन्छन्ः पूर्व पश्चिम नहर बनाऔँ

hamronepaldainik

चन्द्रदर्शन बचतकाे वीरगंजमा शाखा कार्यालय उद्घाटन

hamronepaldainik

इटहरीको बुढीखोलामा ६ जनाको सामूहिक दाहसंस्कार

hamronepaldainik
HamroNepalDainik