HamroNepalDainik.com
राजनीतिराष्ट्रियसमाचार

सबै समाजवादी एवं प्रगतिशिल शक्तिहरु एकजुट हुनु पर्ने पूर्व प्रधानमन्त्री खनालको भनाई

बीरगन्ज,१८ असोज – नेकपा (एकिकृत समाजवादी )पार्टीले शुरु गरेको मेची महाकाली समाजवादी जागरण यात्रा बिहिवार पर्सामा पुगेको छ । यात्रामा सहभागी नेताहरुलाई नेकपा (एकिकृत समाजवादी ) पार्टी पर्साका नेताहरु बीरगन्जमा स्वागत गरेका छन् ।

समाजवादी जागरण यात्राको क्रममा पर्सा पुगेका नेताहरुले नेकपा एकिकृत समाजावादी पार्टी पर्साले बीरगन्जको घण्टाघरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै समाजवादी यात्रा महाअभियान रहेको बताए । सभालाई नेकपा एकिकृत समाजवादी पार्टीका बरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष जयन्ती राई, उपमहासचिव बिजय पौडेल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले २०६२/६३ मा पुँजीवादी क्रान्तिबाट समान्तहरुलाई फालेको बताए । देशमा नयाँ संविधान बनेको एक दशक पुग्न लागेको एवं पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको १८ बर्ष पुगको भएपनि जनताको जनअपेक्षा अनुसार काम गर्न नसकिएको बताए ।

उनले देशमा अस्थिरता,महगी,भ्रष्टाचार,आर्थिकमन्दी मात्र नभई राजनितिक अस्थिरता पनि कायम रहेको हुँदा जनताको शक्ति,परिवर्तनको शक्ति,समाजवादको शक्ति र प्रगतिशिल शिक्ति एक भएर समाजवाद प्राप्तीको लागि नयाँ शक्तिको निर्माण गर्नु पर्ने कुरामा जोड दिए ।

सदनको बिगठनलाई राजनितिक भुकम्प भएको चर्चा गर्दै त्यसको पराकम्पनहरु अहिले पनि आई रहेको खनालले बताए । त्यसबाट देशलाई मुक्त गर्न सबै समाजवादी शक्ति एकजुट भएर आगाडी बढनु पर्नेमा खनालले जोड दिए । त्यसैगरी जयन्ती राईले सबै महिलाहरु चुला चौकाबाट र मेकअपबाट माथी उठेर राजनितिक एवं आर्थिक रुपमा अगाडी आउनु पर्ने बताइन् । उनले महिलाहरु अगाडी आए मात्र समाजवादको यात्रा सहज हुने कुरामा जोड दिइन् ।

नेकपा (एकिकृत समाजवादी ) पार्टी पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा स्वागत मन्यतव्य पार्टीका बीरगन्ज महानगर कमिटी अध्यक्ष मनोज चौधरीले थिए भने कार्यक्रम संचालन महानगर कमिटी सचिव बृजलाल पासवानले गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरी,पोलिटव्युरो सदस्य चिरञ्जवी अचार्य, लगायतको पनि उपस्थिती रहेको थियो ।

Related posts

राष्ट्रिय प्रजातन्त्र पार्टी वीरगंज वार्ड नं १७ अलौं को टोल कमिटी गठन

hamronepaldainik

अमानविय क्रियाकलापको विरुद्ध वीरगंजमा प्रदर्शन

hamronepaldainik

बिरगंज बसपार्कमा खुलेआम देह व्यपार ,रेडलाईट एरिया बनेको भन्दै स्थानिय चिन्तामा

hamronepaldainik
HamroNepalDainik