HamroNepalDainik.com
समाचार

नवौं कार्यकुशलता तथा सिकाइ ब्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न ।

बिरगंज ।  एकीकृत साकोस संजालको लागि साझा प्राविधि कव्स पर्सा पहिलो समूह तथा सहकारीको दिगोपन स्वानियम र सुशासन भन्ने मुल नाराका साथ आज स्थानीय होटल भिसुवामा एक दिने नवौं कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला गोष्ठी सम्पन्न भएको छ। लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा सहयोग नेफस्कुन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडको प्राविधिक सहयोगमा बीरगंजका ८ वटा सहकारी संस्थाका संचालक तथा ब्यवस्थापक एवम् प्रतिनिधिहरुको सहभागीतामा सो कार्यक्रम सम्पन्न भएको हो । लाली गुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक एवम् अध्यक्ष हरेराम पटेलको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डितको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । नवौं कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला गोष्ठीमा लाली गुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडश्रीकान्त,कान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड जिष्णु बराल, ,शिवम बचत तथा ऋण सहकारी संस्था लिमिटेड,राजेन्द्र जैसवाल र डिके जैसवाल , ,गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड रोहित कुमार पटेल मनिष श्रीवास्तव ,सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुरेश प्रसाद कुशवाहा ,जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था ,बिस्को डिल्ली बिक्रम कार्की नेफस्कुन ब्यवस्थापक अधिकृत गौतम कुमार साह,,माहालक्ष्मी बचत तथा ऋण सहकारी संस्था गरि ८ वटा सहकारी संस्थाका संचालक ,ब्यवस्थापक,तथा प्रतिनिधिहरुको सहभागी रहेको छ। कार्यक्रममा उपस्थित सहकारी संस्थाका संचालक तथा ब्यवस्थापकहरुलाई नेफस्कुनका कार्यक्रम अधिकृत राजेन्द्र ढकालले प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रमको समापन्न समारोहमा अध्यक्ष हरेराम पटेलले आजको यो कार्यशाला गोष्ठी बाट हामीले केही नयाँ बिषय बस्तु पाउन सकिने र सहकारी संस्थालाई थप कसरी चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा आफुले राखेको धारणा ब्यक्त गर्नु भएको थियो ।उहाँले भने हामी राज्यको निति नियम भित्र बसेर काम गर्नुपर्ने भएकोले यी ८ वटा संस्था यस्ता छन जुन हावाहुरी आए पनि केही हुन नसके ठोकुवा गरेका छन् ।हामीले कुन संस्थाले कस्तो अवधारणा लिएर काम अगाडि बढाइरहेको छ त्यसको राम्रो पक्ष सबैले अगालेको खण्डमा त्यो संस्था धेरै राम्रो हुने विश्वास समेत राख्नु भएको थियो ।

Related posts

केदारनाथमा हेलिकप्टर दुर्घटना बाट ७ जनाको मृत्यु

hamronepaldainik

प्रहरीले युवतीसंग नाम जोडेर मृतक रुपेश र आफुहरुको चरित्र हत्या गर्यो : मृतक रुपेशका परिवार

hamronepaldainik

वडा नं. १ मा बैशाख ५ गते देखि टाईफाइड रोग विरुद्धको खोप लगाईने

hamronepaldainik
HamroNepalDainik