HamroNepalDainik.com
समाचार

पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो

२८ असोज, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ ।

Related posts

खानेपानी मन्त्रीसंग वीरगन्जका जनप्रतिनिधीहरुको गुहार : मन्त्री ज्यु पानीको संकट समाधान गरिदिनुस्

hamronepaldainik

जनकपुरको होटलहरुमा मुख्यमन्त्रीले गरे अनुगमन

hamronepaldainik

कामै नसकी तिलावे पुल उद्घाटन गरिँदै

hamronepaldainik
HamroNepalDainik