HamroNepalDainik.com
समाचारस्थानिय

आइतबारदेखि विद्यालय सुचारु गर्न गाउँपालिका अध्यक्ष तिवारीकाे आग्रह

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका अध्यक्ष प्रमाेद तिवारीले गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुकाे पठन पाठन कार्तिक १२ गते आइतबारदेखि सुचारु गर्न आग्रह गरेका छन् ।

अध्यक्ष तिवारीले शुक्रबार गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक महासंघ प्रतिनिधि, शिक्षक संघ, शिक्षक संगठन, शिक्षक फोरम प्रतिनिधिलाई बाेलाएर विद्यालयकाे पठन पाठन पूर्व कार्यतालिका अनुसार नै संचालन गर्न/गराउन अपिल गरेकाे शिक्षक मुकलेश गद्दीले वताए ।

साथै अध्यक्ष तिवारीले शिक्षा प्रमुख र प्रधानाध्यापकहरुसंग भएको अभद्र व्यवहारकाे घटनाकाे उचित न्याय दिलाउने प्रतिबद्धता समेत व्यक्त गरेकाे उनले जानकारी दिए ।

अध्यक्ष तिवारीकाे अध्यक्षतामा बसेको प्रधानाध्यापक र शिक्षक महासंघ तथा पेशागत संघ संगठनको प्रतिनिधिहरुको संयुक्त बैठकले कार्तिक १२ बाट आफ्नो पूर्व कार्यतालिका अनुसार नै विद्यालय संचालन गर्ने निर्णय पनि गरेका छन् । साे बैठकमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश ओझाकाे समेत उपस्थिती रहेकाे थियाे ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख कपिल लामिक्षाने र केही प्रधानाध्यापकहरुलाई असाेज ३० गते वडाध्यक्षहरुले दुर्व्यवहार गरेका थिए । गाउँपालिकाकाे वडा नं १ वडाध्यक्ष अच्छेलाल महताे र वडा नं. ३ का वडाध्यक्ष जयप्रकाश चाैरसियाले शिक्षा शाखा प्रमुख लामिक्षाने र प्रधानाध्यापकहरुलाई दुर्व्यवहार गरेकाे विराेधमा शिक्षक महासंघ बिन्दवासिनी गाउँपालिका र विभिन्न शिक्षक संगठनहरुले कारवाही नभए सम्मकाे लागि अनिश्चितकाल विद्यालय बन्दकाे घाेषणा गरेका थिए ।

गाउँपालिकामा कार्यकरत कर्मचारीहरुले पनि संयुक्त रुपमा पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै वडाध्यक्षद्वयमाथि कारवाहीकाे माग गरेका थिए ।

Related posts

तीर्थयात्री सवार ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु २० जना घाईते

hamronepaldainik

मधेशको तेस्रो जित, कर्णाली ६१ रनले पराजित

hamronepaldainik

विद्यार्थी सँगै अभिभावकसँग भेट्दै मेयर : सिंह

hamronepaldainik
HamroNepalDainik