HamroNepalDainik.com
समाचारसमाज

भारत तर्फ लागिरहेको अवस्थामा एक युवतीको उद्धार, एकजना पक्राउ

१२ कात्तिक बिरगंज  । नेपालबाट तस्करी गरेर भारत तर्फ लागिरहेको अवस्थामा एक नाबालिककाे उद्धार गरिएको छ ।

विभिन्न प्रलोभन देखाएर ललाइफकाइ तस्करी गरेर भारत लागिरहेको अवस्थामा वीरगंजकाे सीमावर्ती भारतीय सहर रक्सौलको हजाम टोलबाट ११ कक्षामा अध्ययनरत नाबालिककाे उद्धार गरिएको हो ।

भारतको मानव तस्करी रोदी एकाइ क्षेत्रीय मुख्यालयको शाखा कार्यालय ४७ औं बटालियनले नाबालिककाे उद्धार गरेको इन्स्पेक्टर मनोज कुमार शर्माले जानकारी दिए ।

युवतीलाई भारत लागिरहेका मानव तस्कर मोहम्मद इरफानलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । प्रहरीका अनुसार इरफानले आफ्नो नाम विवेक चौधरी बताएका थिए । उनले युवतीलाई करणी समेत गरेको बुझिएको छ ।

रोदी एकाइ मुख्यालयका इन्स्पेक्टर शर्माका अनुसार इरफान पहिलादेखि नै विवाहित छन् र उनका चार जना सन्तान समेत छन् ।

इरफानले युवतीलाई आफ्नो बुबा नेपाल प्रहरीमा डीएसपी रहेको र आफ्नो घर काठमाडौं र वीरगंजमा रहेकाे र आफू बिहारको बासिन्दा भएको भन्दै झुटो बोलेका थिए । केटीलाई थाहा थिएन कि मोहम्मद इरफान खान पहिले नै विवाहित थिए र चार बच्चा थिए ।

पीडित नेपाली नाबालिक बालिका र पक्राउ परेका इरफानलाई ओ.पी प्रहरी हरैयाको जिम्मा लगाइएकाे छ ।  प्रयास बाल सहायता केन्द्र पूर्वी चम्पारणका समाजसेवी विजयकुमार शर्माले किटानी जाहेरी दिएपछि नेपाली नाबालिक बालिकालाई भारतबाट नेपाल ल्याइएकाे हाे ।

Related posts

सांसद विकास कोषको बजेट खर्च नगर्न सर्वोच्चको आदेश

hamronepaldainik

मानव बेचबिखनकाे अभियोगमा हाेटलका मेनेजरसहित ३ जना पक्राउ

hamronepaldainik

वीरगञ्ज महानगरको मेयरमा जसपाबाट सिँहको मनोनयन दर्ता

hamronepaldainik
HamroNepalDainik