HamroNepalDainik.com
Uncategorizedसमाचार

प्रहरीले युवतीसंग नाम जोडेर मृतक रुपेश र आफुहरुको चरित्र हत्या गर्यो : मृतक रुपेशका परिवार

वीरगंज । कलैया ६ का रुपेश स्वर्णकार हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेर कारवाही गर्नुको साटो उनको चरित्र हत्या गरेको परिवारका सदस्यहरुले आरोप लगाएका छन् ।

बारा प्रहरीले पत्रकार सम्मेलन गरेर स्वणर्कारको हत्यामा संलग्नलाई सार्वजनिक गरेको एक घण्टामै परिवारजनले पनि पत्रकार सम्मेलन गरेर आपति जनाएका हुन् ।

मृतक स्वणर्कारका दाई सुमोध सरार्फले प्रहरीले स्वणर्कारको हत्यामा हुँदै नभएको विद्यालयका दुई जना कर्मचारीलाई सार्वजनिक गरेर हत्यारालाई उन्मुती दिन लागेको आरोप लगाए ।

‘प्रहरीको अनुसन्धानमा बिश्वास छैन, स्वणर्कारले न्याय पाउनको साटा चरित्र हत्या भएको अवस्था छ,‘ उनले भने,‘ प्रहरीले स्वणर्कारको विगत देखि नै कुनैपनि केटी संगको चक्कर वा संलग्तामा नरहेको भएपनि प्रहरीले घटनाको यथार्य लुकाउन खोजेको उनले बताए ।‘

करिब ७ महिना अगाडी बाल एकता बोडिङ्ख स्कुलमा दुई महिना मात्र काम गरेकी राधा संग स्वणर्कारको नाम जोडेर परिवारको पनि चरित्र हत्या भएको उनको जिकिर छ ।

राधालाई विद्यालयबाट हटाएदेखि स्वणर्कारको कुनै सम्बन्ध पनि नरहेको भएपनि प्रहरीले उनकै योजनामा घटना घटेको जोडेर चरित्र हत्या भएको दावि गरे ।

घटनामा संलग्न नभएका विद्यालयका कर्मचारीद्धय जामिल र रियाजलाई घटनामा सहयोगी बनाएर हत्यारालाई लुकाएको बताए ।
मृतक स्वणर्कारको मुख्य हत्यारा पक्राउ नपरे परिवारका सदस्यले प्रहरीको विरुद्धमा कडा आन्दोलन थाल्ने चेतावनी पनि दिए ।

बाल एकता इंगलिश बाेर्डिङ स्कुलका संचालक एवम् प्रिन्सपल स्वर्णकारकाे गत साेमबार कलैयामा अज्ञात समुहले गाेली प्रहार गरि हत्या गरेका थिए ।

परिवारजनले साँझ प्रेस विज्ञप्ती निकालेर प्रहरी प्रशासनको गतिविधिले न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि आवाज उठाईदिन सरोकारवालासँग आग्रह गरेका छन् । विज्ञप्तीमा दोषि नउम्कुन निर्दोष नफसुन भन्दै घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरिएको छ । मृतकका परिवारजनले ८ वटा बुँदा स्पष्ट पारिदिन प्रहरी प्रशासनसँग अनुरोध समेत गरेका छन् ।

  • परिवारजनले पचरौता नगरपालिकामा घटेको घटनामा संलग्न व्यक्तिहरुको नाम तथा मोटरसाईकललाई यो घटनासँग जोडी सत्यलाई ढाकछोप गरि घटनालाई अन्यत्र मोड्न खोजेको
  • दिनदहाडै भएको हत्याबाट उत्पन्न हुन सक्ने अवस्था तथा सुरक्षा चुनौतीलाई थेग्न नसक्ने अवस्थाबाट मुक्ती पाउन मुद्दालाई अन्यत्र मोड्ने प्रयास भएको
    प्रमाण बिना मृतकको चरित्र हत्या गरेको
  • हामीलाई ‘लासको खेल गरे सबैकुरा सार्वजनिक गर्छु ’ भनेर दाह संस्कार गर्न दबाब दिएको तर जिल्ला प्रहरी कार्यालयद्वारा गरिएको पत्रकार सम्मेलनमा चित बुझ्दो प्रमाण दिन नसकेको
  • मृतकलाई अस्पताल पु¥याउने विद्यालयका कर्मचारी रियाज अंसारी तथा घटना स्थलमा हुँदै नभएका विद्यालयकै अर्का कर्मचारी जामिल अख्तर अंसारीलाई बिना प्रमाण सहयोगीको आरोप लगाई फसाउन खोजेको
  • शान्ति सुरक्षा कायम गर्न नसकेको प्रश्न प्रहरी प्रशासन माथि उब्जने बाटोबाट बच्न आम जनताका आँखामा भ्रम सृजना गर्न खोजेको
  • प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयको अभिव्यक्तिमा भिन्नता देखिएको
  • जिल्ला प्रहरी कार्यालय दोषीहरुको दोषलाई उजागार गर्न नसकेको ।

Related posts

एमसीसीका सहायक उपाध्यक्षले भेटे नेपाली राजदूतलाई

hamronepaldainik

पर्साको पोखरिया नगरपालिका वडा नं. २ मा लोसपाको भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

hamronepaldainik

वीरगञ्जमा दाहसंस्कार गर्न लागेको युवतीको शव प्रहरीले उठायो

hamronepaldainik
HamroNepalDainik