HamroNepalDainik.com
समाचार

बारामा एक महिलाको शव फेला

१६ कात्तिक, बारा | बारामा एक महिलाको हत्या गरिएको अवस्थमा शव भेटिएको छ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ६ नगौलमा एक महिलाको हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ |

स्थानियले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो। घटना बारे जानकारी पाए लग्तै ईलाका प्रहरी कार्यालय सिमरा र जीतपुरको टोलि घटनास्थलमा पुगेको थियो। हत्या गरेर फालिएको महिलाको पहिचान खुल्न सकेको छैन । घटना लगतै तालिम प्राप्त कुकुरको सहयोगमा प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

Related posts

एकता वार्ता चलिरहँदा एमालेमा महाधिवेशनको प्रस्ताव

hamronepaldainik

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बैठक सम्पन्न

hamronepaldainik

सरकारले ‘बेरुजु फछ्र्यौट समिति’ गठन गर्ने

hamronepaldainik
HamroNepalDainik