HamroNepalDainik.com
समाचारस्थानिय

पकहाँमैनपुरकाे प्र.प्र अधिकृतमा उदयशंकर चाैधरी : अध्यक्षसहितका जनप्रतिनिधि तथा कर्मचारीहरुले गरे स्वागत

१७ कात्तिक, वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा उदयशंकर चाैधरी हाजिर भएका छन् ।

गाउँ कार्यपालिकाकाे कार्यालय पकहाँ मैनपुरमा शुक्रबार हाजिर हुन पुगेका अधिकृत चाैधरीलाई गाउँपालिकाका अध्यक्षसहितका जनप्रतिनिधि तथा कर्मचारीहरुले स्वागत गरेका हुन् ।

एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहतासहित उपाध्यक्ष सरफुन नेसा, सबै वडाध्यक्षहरु र गाउँपालिका कर्मचारीहरुले अधिकृत चाैधरीलाई फुल माला र गमछा ओढाएर स्वागत गरेका थिए ।

साे अवसरमा बाेल्दै अधिकृत चाैधरीले आफु जनप्रतिधि र कर्मचारीकाे समन्वयमा अगाडी बढने वताए । उनले भने “तपाईहरुले आज जसरी स्वागत गर्नु भएकाे छ, त्यसरी नै तपाईहरुकाे सहयाेग र समन्वयकाे जरुरी छ ।”

मधेश प्रदेशकाे मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयबाट अधिकृत चाैधरीलाई कार्तिक १५ गते संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पकहाँ मैनपुर गाउँपालिकामा सरुवा गरेकाे थियाे ।

यस अघि अधिकृत चाैधरी बाराकाे करैयामाई गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतमा कार्यरत थिए ।

पकहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाकाे जिल्ला समन्वय समिति पर्सामा सरुवा भएपछि केही समयदेखि गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन रहेकाे थियाे ।

Related posts

कृषि मन्त्री भुसाल र दक्षिण कोरियाली राजदुत तइयोङबीच भेटवार्ता

hamronepaldainik

परवानीपुर गाउँपालिकाले व्यवसाय करमा विशेष छुट दिने

hamronepaldainik

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

hamronepaldainik
HamroNepalDainik