HamroNepalDainik.com
खेलकुदसमाचारस्थानिय

प्रथम वीरगंज गोल्डकप आजबाट सुरु

१८ कात्तिक,वीरगंज
मधेश प्रदेशकै उच्च धनराशिको प्रथम वीरगंज गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजमा खेलकुद क्षेत्रलाई चलायमान बनाउन महानर सँधै तयार रहेको बताए ।

वीरगंजलाई विगतको जस्तै फुटबलको उर्वर भूमी बनाउन सबैको साथको खाँचो रहेको बताए ।
वीरगंजमा राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता आयोजना गर्न सक्ने गरि मैदनको पुन:निर्माण गरिएको भन्दै उहाँले नारायणी रंगशालाको क्रिकेट मैदानलाई पनि व्यवस्थित गर्न महानगर लागि परेको बताएका थिए  ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भेट्रान्स सिटी क्लब वीरगंज विजयी भएको छ ।
भारत नोएडाको एफसीआई नर्थ जोन फुटबल क्लबलाई ट्राइबेकरमा ४-१ ले पराजित गर्दै आयोजक भेट्रान सिटीले जित हात पारेको हो ।
प्रतियोगितामा नेपालका ५ र भारतका २ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ११ लाख ११ हजार ११ सय रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् ।

Related posts

भ्रष्ट मुख्यमन्त्रीका कारण पूरै मधेश प्रदेश बदनाम भयो : अध्यक्ष सर्राफ

hamronepaldainik

वीरगंज–१९ मा खोप समन्वय समितिको अभिमुखिकरण सम्पन्न

hamronepaldainik

संघीय शिक्षा ऐन ल्याउन शिक्षक महासंघको माग

hamronepaldainik
HamroNepalDainik