HamroNepalDainik.com
समाचार

नारायणी अस्पतालको अध्यक्षमा युवा नेता धिरज गुप्ता

वीरगन्ज : वीरगन्जको नारायणी अस्पताल विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसका युवा नेता धिरज कुमार गुप्ता रौनयिार नियुक्त भएका छन् ।

संघ सरकार मातहत रहेको मधेस प्रदेशकै सबै भन्दा ठूलो नारायणी अस्पतालको विकास समितिको अध्यक्षमा गुप्ता नियुक्त भएका हुन् ।गुप्ता वीरगन्ज महानगरपालिका वडा नम्बर २० का स्थायीबासी हुन् ।

यहि कार्तिक १७ गतेको मन्त्रिस्तरीय निर्णयबाट अध्यक्षमा गुप्तालाई नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुगमन तथा योजना महाशाखाले जनाएको छ ।संघ सरकारको स्वास्थ्य तथा जनसंख्यामन्त्री कांग्रेसबाट निर्वाचित मोहनबहादुर बस्नेत छन् ।

मन्त्री बस्नेतले गुप्तालाई तीन वर्षका लागि अध्यक्षमा नियुक्त गरेका हुन् । नारायणी अस्पताल विकास समिति (गठन) आदेश २०७६ को दफा ३ को उपदफा (२) (क) मा भएको व्यवस्था बमोजिम अध्यक्ष पदमा गुप्तालाई तीन वर्ष पदावधी रहने गरि नियुक्त गरिएको मन्त्रालयले कार्तिक १९ गते जारी गरेको पत्रमा उल्लेख छ ।

सोमबारदेखि अस्पताल विकास समितिको अध्यक्षको कार्यभार सम्हाल्दै गुप्ताले आफनो कार्यकालमा नारायणी अस्पतालाई मधेस प्रदेशकै सुविधासम्पन्न नमूना अस्पताल बनाउने प्रतिक्रिया दिए ।मधेसखबरसंग कुरा गर्दै गुप्ताले भने,‘ बिरामी र सेवाग्राहीलाई गुणस्तरीय सहज र सुलभ उपचार उपलब्ध गराउने मेरो पहिलो प्राथमिकता रहनेछ ।यसका साथै अस्पतालमा विद्यमान विकृति र विसंगतीलाई शुन्यमा झार्ने प्रयत्नमा अहिलेदेखि नै लाग्नेछु।’

Related posts

पाेखरिया अस्पताललाई व्यवस्थित गर्न माग गर्दै प्रदर्शन

hamronepaldainik

द्वार देवी मन्दिर संचालन तथा संरक्षण समिति द्वारा सम्मान कार्यक्रम सम्पन्न।

hamronepaldainik

राष्ट्र, राष्ट्रियता र नागरिकलाई सम्झेर सार्वजनिक सेवा गर्नु पर्छ : मन्त्रि गुप्ता

hamronepaldainik
HamroNepalDainik