HamroNepalDainik.com
खेलकुदसमाचारस्थानिय

जगरनाथपुर दाेस्राे अध्यक्ष कप क्रिकेट टुर्नामेन्टकाे उपाधि वडा नं. ५ लाई

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा भएकाे दाेस्राे अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट २०८० काे उपाधी वडा नं. ५ मसिहानीले पाएकाे छ ।

गाउँपालिकाकाे वडा नं. ५ स्थित मदुवाहा क्रिकेट ग्राउन्डमा शनिबार भएकाे टुर्नामेन्टकाे फाइनल खेलमा वडा नं. ६ औंराहालाई हराउँदै मसिहानी विजयी भएकाे हाे ।

सुरुमा टस जितेर ब्याटिङ गरेकाे औराहाले १८ ओभर मै पुरै विकेटकाे गुमाउँदै ७९ रन बनाएकाे थियाे । त्यसपछि ८० रनकाे लक्ष्यकाे साथमा जवाफी ब्याटीङमा उत्रेकाे मसिहानीले १८ ओभरमै ७ विकेटकाे नाेक्सानीमा लक्ष्य पुरा गर्दै विजयी घाेषित भएकाे थियाे ।

विजेता टिम मसिहानीलाई प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले पुरस्कार राशी रु ६० हजारकाे चेक र ट्रफी प्रदान गरेका थिए ।

पुरस्कार वितरण गर्दै सभापति क्षेत्रीले खेल अनुशासनकाे प्रतिक भएकाे वताए । उनले खेल जहिले पनि अनुशासित र मर्यादित भएर खेल्नु पर्ने वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सभापति क्षेत्रीले खेलमा हार जित स्वभाबिक रहेकाेले मित्रतापुर्वक खेल्नु पर्ने वताए ।

टुर्नामेन्टकाे मैन अफ द सिरिज वडा नं. ५ का ओमनारायण सहनी, वेष्ट ब्याटस मैन वडा नं. २ का खुरसेद आलम, वेष्ट बलर वडा नं. ६ का शिवशंकर चाैधरी, वेष्ट फिल्डर वडा नं. ६ कै हरिनारायण कुमार र मैन अफ द म्याच वडा नं. ५ का रवि सहनी घाेषित भए ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा भएकाे पुरस्कार वितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष सुभाष यादव, बिहारी महताे नुनिया, अयाेध्या पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Related posts

नेकपा एस निकट प्रगतिशिल शिक्षक संगठन पर्सा गठन

hamronepaldainik

शान्भी फाउन्डेसनद्धारा निःशुल्क १५ दिने ब्युटिसियन तालिम सुरु

hamronepaldainik

पत्रकार साह माथी दुर्ब्यवहार गर्ने प्रहरीलाई कारवाहीकाे माग

hamronepaldainik
HamroNepalDainik