HamroNepalDainik.com
समाचार

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत

६ फागुन, काठमाडौं । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक सदनबाट विश्वासको मत लिएका छन् ।

उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । आज आइतबार सदनमा उपस्थित १०४ मध्ये उनले पक्षमा ६९ मत पाएका छन् । विपक्षमा ३५ मत परेको छ ।

गत माघ ९ गते जनमतका दुई मन्त्रीले सरकार छाड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिएका हुन् । मधेश प्रदेश सभामा १०७ सांसदमा एमालेका सबैभन्दा धेरै २४ जना छन् ।

यसैगरी कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक/एक र एक स्वतन्त्र सांसद छन् । अनलाईन खबर

Related posts

वीरगंज नाका स्थित नेपालि भूमिमा भारतीय एसएसबीले गोली चलाएको स्थानीयहरुको भनाई

hamronepaldainik

साहको अध्यक्षतामा कानु युवा समाज नेपाल गठन

hamronepaldainik

अनधिकृत परीक्षा दिइरहेका ८२ विद्यार्थीको उत्तर पुस्तीका महानगरले लियो नियन्त्रणमा

hamronepaldainik
HamroNepalDainik