HamroNepalDainik.com
खेलकुदसमाचार

ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्टको फाईनल खेल ठाकुराम बहुमुखि क्याम्पस र नेशलन मेडिकल बीच हुने

वीरगंज । हाम्रो फुटसल र मेरिगोल्ड (+२) कलेजको संयुक्त आयोजनामा सञ्चालित ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्ट–२०८० को फाईनलमा ठाकुराम बहुमुखि क्याम्पस र नेशलन मेडिकल कलेज पुगेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ नगवा श्रीराम चौक स्थित हाम्रो फुटसल (फुटबल) खेल मैदानमा आयोजित टुर्नामेन्टको बिहिवार तेस्रो दिन भएको पहिलो खेल नेशनल मेडिकल कलेज र वीरगंज पब्लिक कलेज बीच भएको छ । सो खेलमा ६–१का विरुद्ध नेशनल मेडिकल कलेज विजयी भएको छ । पहिलो खेलको म्यान अफ दी म्याच नेशनल मेडिकल कलेजका किशमत कोईराला घोषित भएका थिए ।
त्यसैगरी आजै भएको दोस्रो खेल ठाकुरराम बहुमुखि क्याम्पस वीरगंज र नेशनल मेडिकल कलेज बिच सम्पन्न भएको छ । सो खेलमा ६–० को अन्तरले ठाकुरराम बहुमुखि क्याम्पस विजयी भएको छ । दोस्रो खेलको म्याद अफ दी म्याच मनोज घर्तीमगर घोषित भएका थिए ।
शुक्रवार हुने फाईनल ठाकुराम बहुमुखि क्याम्पस र नेशलन मेडिकल कलेज बीच रोमञ्चक खेल हुने आयोजक हाम्रो फुटसलका गौरव चौरसियाले बताए ।

Related posts

पर्सा प्रहरी द्वारा एक फरार प्रतिवादीलाई गरे पक्राउ

hamronepaldainik

युवा संघ नेपाल पर्सा तदर्थ समिति गठन, संयोजकमा श्रीवास्तव

hamronepaldainik

आदित्य इजुकेशनल ईन्स्टिच्युशन द्वारा बिरगंजमा अभिभावकहरुको सम्मान कार्यक्रम समपन्न

hamronepaldainik
HamroNepalDainik