HamroNepalDainik.com
खेलकुद

ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्टको उपाधि ठाकुररामलाई

वीरगंज । हाम्रो फुटसल र मेरिगोल्ड (+२) कलेजको संयुक्त आयोजनामा सञ्चालित ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्ट–२०८० को उपाधि ठाकुरराम बहुमुखि क्याम्पस वीरगंजले हात पारेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १६ नगवा श्रीराम चौक स्थित हाम्रो फुटसल (फुटबल) खेल मैदानमा सञ्चालित टुर्नामेन्टको शुक्रवार भएको फाईनल खेलमा ठाकुरराम बहुमुखि क्याम्पस विजयी भएको छ । नेशनल मेडिकल कलेज वीरगंज र ठाकुरराम कलेज बिच भएको खेलमा ७–४को अन्तरले ठाकुराम बिजयी भएको हो ।
खेलको म्याद अफ दी म्याच ईमाम हुसैन अंसारी, प्लेयर अफ द टुर्नामेन्टको उपाधि किसमत कोईराला र बेष्ट गोलकिपर खडका घोषित भएका थिए ।
विजेता तथा उपबिजेता टिमलाई कार्यक्रमको प्रमुख अतिथि नेशनल मेडिकल कलेजका प्रबन्ध÷निर्देशक सहनवाज अंसारीले शिल्ड तथा मेडल प्रदान गरेका थिए ।
आयोजक हाम्रो फुटसलका गौरव चौरसियाको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा मेरिगोल्ड कलेजका प्रिन्सिपल रबी कोईराला, सहायक प्रिन्सिपल अनमोल कोईराला लगायतको सहभागिता रहेको कार्यक्रमका सञ्चालक सुलभ चौरसियाले बताए ।

Related posts

दीपेन्द्र बने एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

hamronepaldainik

मधेशको तेस्रो जित, कर्णाली ६१ रनले पराजित

hamronepaldainik

क्रिकेट खेलाडीलाई पुरस्कार दिन पैसा छैन भन्छ सरकार

hamronepaldainik
HamroNepalDainik