HamroNepalDainik.com
समाचार

१३ लाख नगद सहित जगरनाथपुरका रवि पटेल पक्राउ

२५ वैशाख, बिरगंज

प्रहरीले हुण्डी कारोबारमा सलंग्न रहेका एक जनालाई वीरगंज बाट  पक्राउ गरेकाे छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी गण्डकबाट खटिएको संयुक्त प्रहरीको टोलीले साेमबार दिउसाे ३ बजेकाे समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.२२ जगरनाथपुर निवासी २८ बर्षिय रवि कुमार पटेललाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

वीरगंजबाट परवानीपुरतर्फ जाँदै गरेका प्रदेश २-०३-०१० प ६७१९ नम्बरको माेटरसाइकल रोकी खानतलासी गर्दा माेटरसाइकलमा सवार पटेलले पछाडी पिठ्युमा बोकेको कालो ब्यागभित्र लुकाई ल्याएको स्रोत नखुलेको नेरु १३ लाख १५ हजार नगद फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

उनकाे साथबाट नेपाली रु १ हजार दरको नोट ८८९ थान रु ८ लाख ८९ हजार, नेपाली रु ५ सय दरको नोट ८५० थान रु. ४ लाख २५ हजार  र नेपाली रु एक सय दरको नोट १० थान रु. एक हजार फेला परेकाे प्रवक्ता थापाले वताए । साथै उनकाे साथबाट बिभिन्न बैंकको खाली चेकहरु ७ थान समेत फेला परेकाे थापाले वताए ।

पक्राउ परेका पटेल विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

Related posts

मापदण्ड विपरीत सामान बिक्री गर्ने ७६ व्यावसायिक फार्म कारबाहीमा

hamronepaldainik

पकहाँ मैनपुरका जिन्सी प्रमुख महतोको निर्देशनमा कार्यालयबाट राति सामानहरु गायब हुदै

hamronepaldainik

वीरगंज स्कुल आफ लको आयोजना नमुना संसद २०७९ कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik