HamroNepalDainik.com
Uncategorizedसमाचारस्थानिय

वीरगंज–१९ बिन्दबासिनी स्वास्थ्य चौकीमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न

बीरगंज ।
पर्साको बीरगंज महानगरपालिका वडा नं. १९ मा रहेको बिन्दवासिनी स्वास्थ्य चौकीमा शनिवार निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बीरगंज महानगरपालिका वडा नं. १९ को योजनामा सम्पन्न शिविरबाट १७० जना महिला र १३० जना पुरुष गरि जम्मा ३०० जना लाभान्वित भएको स्वास्थ्य चौकी अधिकृत शिव हरि तिवारीले बताए ।

शिविरमा जेष्ठ नागरिक विशेषज्ञ डा. अनुपम उपाध्याय, नेत्र रोग विशेषज्ञ डा.पवन राज पटेल, बाल तथा शिशुरोग विशेषज्ञ डा. आनन्द रौनियार, स्त्री रोग विशेषज्ञ डा. नाज्दा , फिजिसियन डा. शैलेजानन्द भुरेर लगायतको टिमले आँखा तथा स्वास्थ्य परीक्षण गरेका थिए ।
वीरगंज महानगरपालिका वडा नं. १९ का कार्यवाहक अध्यक्ष उपेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बिन्देश्वर चौरसिया, वीरगंज महानगरपालिकाका मेयर सचिवालयका सत्यराज घिमिरे, वडा सदस्य बिनोद चौरसिया, दिनेश साह कालवार, अमित यादव, संचारकर्मी रामेश्वर चौरसिया, कर्मचारी, सुरक्षाकर्मी, बुद्धिजीवी एवं स्थानीयहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

Related posts

ललितपुरमा प्रहरीको छापा : सुन गाल्ने मेसिन र ५० लाखसहित ५ जना पक्राउ

hamronepaldainik

‘हाइड्रो इनर्जी’सँग सम्बन्धी प्रविधिबारे ऊर्जामन्त्रीको चासो

hamronepaldainik

हावाटंकी बिस्फोट हुँदा १ जानाको मृत्यु १ घाइते

hamronepaldainik
HamroNepalDainik