१८ जेष्ठ,बिरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. २ गर्दौलमा हुरीबताससहित बिहीबारको वर्षाले १०७ वर्षीय वृद्धको मृत्यु भएको छ।
बिन्दवासिनी गाउँपालिका–२ गर्दौल निवासी गुडरी साहको हुरीले ल्याएको जस्ताले लागेर मृत्यु भएको हो । घरमा बसिरहेका उनी धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उपचारका लागि बाराको नेवतन स्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बताए।
हुरीकै कारणले पर्साको बहुदरमाई नगरपालिका–७, मा रहेको एनसेलको टावर ढलेर एक जना घाइते भएका थिए ।
घाइते हुनेमा ६० वर्षीय जोगेन्द्र महतो रहेकका छन् । उनी वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका पर्सा प्रहरीले जनाए । सोही गाउँपालिकामा हुरीबतासका कारण चारवटा बाख्रा पनि मरेका छन भने हुरीबतासले केहि घरहरुका छानोसमेत उडाएको छ। जिल्लामा हुरीका कारणले भएको क्षतिको विवरण संकलन जारी रहेको पर्सा प्रहरीले जनाएको छ।