HamroNepalDainik.com
समाचारसमाज

आदर्श डेली अनलाईनको तेस्रो वार्षिकोत्सव समारोह सम्पन्न

१८ जेष्ठ,बिरगंज ।

कृष्ण मिडिया नेटवर्क प्रा.ली.द्वारा सञ्चालित आदर्श डेली अनलाईनको तेस्रो वार्षिकोत्सव समारोह शुक्रबार सम्पन्न भएकोछ।

उक्त समारोहलाई सम्बोधन गर्दै मधेश प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेलले पत्रकारिता समाजको ऐना भएको बताए । समाजको यथार्थलाई जस्ताको त्यस्तै देखाउनुपर्नेमा वर्तमान परिवेशमा ऐनामा धुलो लागेको पटेलको भनाई छ । उनले कतिपय ठूला पत्रकार भन्नेलाई पनि समाचार लेख्न नआउनु दुखद भएको बताए । समाज भन्दा पनि व्यक्ति केन्द्रीत रहेर लेख्ने तथा कसैको बढाईचढाई र कसैको चरित्र हत्या गर्ने प्रवृति बढेको प्रति उनले चिन्ता व्यक्त गरे । योग्यता नभएका व्यक्तिहरु पत्रकारिता पेशामा लागेकाले यसको गरिमा घट्दै गएको उनको बुझाई छ ।

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले पत्रकारले यथार्थ र तथ्यपरक समाचार लेख्नुपर्ने आवश्यक्ता रहेको बताए । पत्रकार पनि स्वार्थमा केन्द्रीत हुँदा समाज बिकास हुन नसकेको उनको धारणा छ । समाजको सुधारमा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उनको भनाई छ । जनता समाजवादी पार्टी नेपालका राजनीति समिति सदस्य सुरेन्द्र कुर्मीले अहिलेको प्रतिस्पर्धामा भ्रष्टाचारको दौड चलिरहेको बताए । पत्रकारिता क्षेत्र सुधार भएपछि राज्यका तीनवटै अंगामा पनि सुधार हुने उनको विश्वास छ । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले पत्रकारितामा विश्वसनीयताको चुनौती थपिएको बताए । कुनै पनि आवरणमा पत्रकार भएपछि समाजले पत्याउँछ भन्ने भ्रममा पत्रकारिता गर्नेहरुले पेशाको गरिमा घटाएको तिवारीको भनाई छ । पत्रकारितामा धेरै सुधारको खाँचो रहेको उनले बताए । उनले भने, ‘अहिले आफै पत्रकार र आफै मालिक छन्, पत्रकारको कुनै निश्चित आयश्रोत छैन । निश्चित विज्ञापनका आधारमा मिडिया जसोतसो चलीरहेको छ । विज्ञापनमा पनि एकरुपता छैन । पालिकाहरुले विज्ञापनको बजेट काठमाण्डौका मिडियाले लिइरहेका छन् ।’ कमिशनका आधारमा स्थानीय तहले मनोपली ढंगले विज्ञापन दिइरहेको अध्यक्ष तिवारीले आरोप लगाएका छन् ।

कृष्णा मिडिया नेटवर्क प्रालिका अध्यक्ष कृष्णा यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहाकार समिति सदस्य शिव पटेल, राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका संयोजक हरि पन्त, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, जिल्ला अध्यक्ष दीपक गौतम, प्रेस चौतारी पर्साका अध्यक्ष तुलसी भण्डारी, ब्रोडकाष्टिङ एशोसिएसन नेपालका मधेस प्रदेश संयोजक आशिक अन्सारी, पूर्व अध्यक्ष आरसी यादव जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरन कुर्मी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अनलाईनका कर्मचारी र सहयोग गर्ने विभिन्न संघ संस्थाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक मनोज बहादुर चन्द, समाजसेवी शिवशंकर पटेल लगायत विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी सूर्यनारायण वि.क.ले गरेका थिए ।

Related posts

बचतकर्ताको समस्या तत्काल समाधान गर्न सानो पाइला सहकारीलाई महानगरको निर्देशन

hamronepaldainik

महानगरद्वारा ‘मुस्लिम उत्थान सुझाव समिति’ गठन

hamronepaldainik

श्रीनिधि साकोसको ११ औं वार्षिक साधारणसभा सम्पन्न

hamronepaldainik
HamroNepalDainik