HamroNepalDainik.com
Uncategorizedशिक्षासमाचारस्थानिय

अनुमति विना संचालित ५ वटा विद्यालयमा सिलबन्दी

बिरगंज

२९ जेष्ठ,वीरगंज । वीरगंज महानगरपालिकाले नगर क्षेत्रमा अनुमति विना संचालित विभिन्न ५ वटा विद्यालयमा मंगलबार सिलबन्दी गरेको छ ।
सिजी एजुकेशनद्वारा संचालित दिल्ली पब्लिक स्कुलको पूर्व प्राथमिक तह (मन्टेश्वरी) कक्षा निनोस वीरगंजको नामबाट वीरगंज महानगरपालिका वडा नं. १२ मुर्ली बगैचामा अनुमति बिना अबैध रुपमा संचालन भइरहेको पाइएकाले सिलबन्दी गरिएको हो।
वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीमा २०५७ सालदेखि अबैध रुपमा संचालन गरिरहेको सिटिजन पब्लिक स्कुल र २०७५ देखि संचालित ए.एस. नलेज एकेडेमीमा सिलबन्दी गरिएको हो । त्यस्तै वडा नं. १८ भवानिपुरमा संचालित सुरज एकेडेमी अनुमति विना नै संचालनमा रहेको थियो  । अनुमति भन्दा बढी कक्षा संचालन गरेको वडा नं. १८ भवानीपुरकै बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरेको हो ।

वीरगंज महानगरपालिकाको शिक्षा समितिको अनुगमन समितिका संयोजक ईश्वरचन्द्र यादव,
महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछाने, नगरप्रमुख सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल एवं संचारकर्मीको सहभागीतामा अबैधरुपमा संचालित विद्यालयमा सिलबन्दी गरिएको थियो ।

Related posts

८० प्रतिशत प्रशासकीय अधिकृतको काठमाडौंमा घर छ : लक्ष्मणलाल कर्ण

hamronepaldainik

पालिकामा कुनै पनि नियम विपरितकाे काम भएकाे छैन् : अध्यक्ष यादव

hamronepaldainik

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा ध्दारा स्वर्गीय राज बिरेन्द्र को २० औ श्रध्दान्जली सभा मनाइयो

hamronepaldainik
HamroNepalDainik