HamroNepalDainik.com
समाचारस्थानिय

पत्रकार साह माथी दुर्ब्यवहार गर्ने प्रहरीलाई कारवाहीकाे माग

वीरगंज, २ असार ।
पत्रकार छठु साहमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई पत्रकारका विभिन्न संगठनहरुले कारवाहीको माग गरेका छन् । नेपाल प्रेस युनियन, पर्सा र समाजवादी प्रेस संगठन नेपाल, पर्साले छुट्टा छुटै विज्ञप्ती निकालेर दाेषी प्रहरी उपर कारवाहीकाे माग गरेका हुन् ।

दुबै संगठनले कालिकामाई गाउँपालिका वडा नं. २ गदियानी स्थित कालिकामाई गाउँपालिकाको कृषि तथा पशु उपशाखा संचालनमा रहेको भवन भत्काउने क्रममा शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा पत्रकार साहमाथि भएकाे दुर्व्यवहारकाे घटनाकाे घोर भत्र्सना गरेका छन् ।

वीरगंजवाट प्रकाशित कालिका टाइम्स दैनिक पत्रिका र अनलाइनका प्रवन्ध निर्देशक एवं रेडियो पोखरियाका अध्यक्ष समेत रहेका पत्रकार साहमाथि र प्रहरीले महिलामाथि गरेको ज्यादतीको भिडियो बनाउने क्रममा शनिवारका दिन उनको आफ्‌नै गाउँमा दुर्व्यवहार गर्नुको साथै अमानवीय तरिकाले लछारपछार गर्दै पक्राउ गरि दिन भरी नियन्त्रणमा लिएर छाड्नु घटना प्रति दुबै संगठनले आपत्ति समेत जनाएका छन् ।

समाचार प्रयोजनको लागि भिडियो खिच्ने सञ्चारकर्मीको अधिकार भएपनि प्रेस स्वतन्त्रतालाई समेत कुण्ठित गर्ने मनोवृत्तिमा देखा परेको पर्साका सुरक्षाकर्मीले सञ्चारकर्मी साहमाथि आक्रमण गरि उनलाई अपमानित गरि प्रेस स्वतन्त्रतामाथि नै आक्रमण गरेको दुबै संगठनकाे ठहर छ ।

प्रेस युनियन पर्साका अध्यक्ष विजय कुमार महताे (चाैहान) र समाजवादी प्रेस संगठन नेपाल पर्साका सचिव विनाेद पटेलद्वारा हस्ताक्षरित विज्ञप्ती मार्फत दुबै संगठनले दोषी प्रहरीलाई कारवाही गरि सञ्चारकर्मी साहको मोवाइल समेत क्षतिपूर्ति समेत दोषीवाट असुल उपर गराउन माग गरेका छन् । कारवाही नगरिए प्रहरीको ज्यादती विरुद्ध दुबै संगठन संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् ।

प्रहरी ज्यादतीकाे क्रममा पत्रकार साहको मोवाइल फुटेको छ भने उनका हाथको घुँडामा चोट समेत लागि घाइते भएका छन्  । प्रहरीको ज्यादतीवाट सञ्चारकर्मी साहको हातमा चोट लागि घाइते भएपनि उपचार समेत नगराई दिनभरि प्रहरी हिरासतमा राख्नु मानव अधिकारको ठाडो उल्लंघन हुनु र कानुनी राज्यको धज्जी उडाउनु भएकाे समाजवादी प्रेस संगठन पर्साका सचिव पटेलले वताए ।

समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथि विभिन्न निहुँमा आक्रमण गर्ने प्रवृत्तिले समग्र प्रहरी संगठनको गरिमालाई घटाउँदै लैजाने भएकाले दोषी प्रहरीलाई कारवाही गरि सञ्चारकर्मी साहको मोवाइल समेत क्षति दोषीवाट असुल उपर हुनु पर्ने प्रेस युनियन पर्साका अध्यक्ष चाैहानले विज्ञपती मार्फत  बताए ।

इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक राजन ढकालकाे निर्देशनमा शनिबार गुण्डागर्दी शैलीमा पत्रकार साहमाथि दुर्ब्यवहार भएकाे थियाे ।

Related posts

वीरगन्ज महानगरमा ई–रिक्साहरु व्यवस्थित नहुँदा दिनहुँ ट्राफिक जामको समस्या

hamronepaldainik

भूमिसम्बन्धी समस्या सम्बोधन गर्न क्रान्तिकारी निर्णय लिइन्छ ः प्रधानमन्त्री

hamronepaldainik

वीरगंजमा लाईसेन्स रकममा विक्री हुने गरेको खुलासा

hamronepaldainik
HamroNepalDainik