HamroNepalDainik.com
समाचार

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, १ जना घाइते

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ । जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक) का लागि पोखरा जाने क्रममा थियो ।

जहाजमा सवार पाईलट र कर्मचारीहरुको नामावली..

Related posts

थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्‍यु

hamronepaldainik

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा

hamronepaldainik

जगरनाथपुर गाउँपालिका पूर्ण खोप घोषणा

hamronepaldainik
HamroNepalDainik