HamroNepalDainik.com
समाचार

मध्य नेपाल सन्देश साप्ताहिकको आठौं वार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रम सम्पन्न

१२ भदौ, बिरगंज  । आर्थिक नगरी बिरगंजबाट प्रकाशित हुने मध्य नेपाल साप्ताहिक पत्रिकाको ८ औ वार्षिकोत्सव समारोह तथा सम्मान कार्यक्रम बुधबार सम्पन्न भएको छ।

पत्रिकाकी संचालक -सम्पादक कविता खड्काको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह रहेका थिए । सो कार्यक्रममा प्रमुख अतिथि सिंहले  “मध्ये नेपाल उतकृष्ट पत्रकार महिला पुरस्कार ” बाट निलिमा पौडेललाई नगद ११ हजार १ सय १ रुपैया पुरस्कार समेत प्रदान गरेर सम्मान गरेका थिए । उनि करिब डेढ दशक देखि सक्रिय पत्रकारिता गर्दै हाल रेडियो बिरगंजमा कार्यरत रहेकी हुन् ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारी, सखुवा प्रसौनि गाउपालिकाका अध्यक्ष यसवन्त यादव, पटेर्वा सुगौली गाउपलिकाकी उपाध्यक्ष ममता महतो, नेपाल रेडक्रस सोसाइटी पर्साकी मधु राणा, डा.शुष्मा तिवारी, नेता अजय दुवेदी , लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण लक्ष्मी खरेलले गरेकी थिइन् ।

Related posts

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्लाको सह-सचिव पवन प्रसाद साह

hamronepaldainik

वीरगञ्जमा डेढ लाख बराबरको पटाकासहित विष्पोटक पदार्थ नष्ट

hamronepaldainik

बैंकले कर्जा लगानीमा रोक लगाएपछि नयाँ सवारीसाधन आईसिपिमै थन्कियो

hamronepaldainik
HamroNepalDainik