HamroNepalDainik.com
राष्ट्रियसमाचार

राष्ट्र, राष्ट्रियता र नागरिकलाई सम्झेर सार्वजनिक सेवा गर्नु पर्छ : मन्त्रि गुप्ता

१३ भदौ, काठमाडौं ।रासस
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नागरिक सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आज यहाँ आयोजित शाखा अधिकृतहरूको ३८औँ आधारभूत प्रशासन प्रशिक्षण दीक्षान्त समारोहमा उनले राष्ट्र, राष्ट्रियता र नागरिकलाई सम्झेर सार्वजनिक सेवा गर्नुपर्ने उल्लेख गरेका थिए ।

“लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षा उत्तीर्ण गरेर निजामती सेवामा प्रवेश गर्न पाउनु महत्वपूर्ण उपलब्धि हो, यसले यहाँहरूलाई अवसर मात्रै दिएको हैन, सामाजिक उत्तरदायित्व र जिम्मेवारी पनि दिएको हो, यसलाई आत्मसात् गरेर नागरिकमैत्री सेवा दिनुहुनेछ भन्ने विश्वास छ”, । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले प्रदान गर्ने तालिमलाई अझ गुणस्तरीय बनाउन पहल गर्ने मन्त्रि गुप्ताले बताए ।

मन्त्रालयका सचिव भरतमणि सुवेदीले सेवा प्रवेशको अवसरमा छ महिनासम्म सिकेका सिद्धान्त, कानुन तथा इतिहासलाई नेपालको आवश्यकता र सेवाग्राहीको भावनामा आधारित रहेर सेवा प्रवाह गर्नुपर्ने बताए ।

“समुन्नत राष्ट्र बनाउनेतिर लाग्नुपर्छ, निजामती सेवाले ठूलो पहिचान दिनेछ, तपाईंको कामले भविष्यको पुस्ताले सम्मान गर्ने वातावरण बनोस्, नागरिकले सम्मान र सन्तुष्टि महसुस गर्ने गरी काम गर्नुहोस्”,  भन्दै  सचिव सुवेदीले नेपालमा भविष्य छैन भन्ने भाष्यलाई चिर्दै आफ्नो भविष्य बनाउँदै र देशलाई लाभ हुनेगरी काम गर्न आग्रह समेत गरे ।

प्रतिष्ठानका कार्यकारी निर्देशक डा.राजन खनालले निजामती कर्मचारीको व्यावसायिक क्षेत्रमा प्रवेश गर्दै गरेका शाखा अधिकृतहरूले ज्ञानलाई सीपमा रुपान्तरण गर्नुपर्ने बताए । वरिष्ठ अध्ययन निर्देशक त्रिलोचन पोखरेल कार्यदक्षता देखाएर काम गर्न आग्रह गरेका थिए  ।

Related posts

वीरेन्द्रनगर नगरपालिकाको एक वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

hamronepaldainik

वीरगञ्जमा नेकपा एकिकृत समाजवादी पार्टीको मोटरसाइकल र्‍याली

hamronepaldainik

अस्पतालको समयमा चिकित्सक बाहिर जान नपाउने

hamronepaldainik
HamroNepalDainik