HamroNepalDainik.com
समाचारस्थानिय

पटेर्वा सुगाैलीका आधारभुत अस्पताल देउवाले गरे उद्घाटन

८ असोज, काठमाडौं ।  पर्साको पटेर्वा सुगौली गाउँपालिका– ४ फरहदवामा नवनिर्माण भएको १० शय्याको आधारभूत अस्पतालको उद्घाटन भएको छ।
मंगलबार एक कार्यक्रमबिच नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आधारभूत अस्पतालको उद्घाटन गरेका हुन्।
चार  वर्षपहिले देशभर एकैसाथ शिलान्यास गरिएका ३०९ अस्पतालमध्येकाे पर्सामा पहिलाे आधारभूत अस्पताल निर्माण भइ सञ्चालनमा आएकाे हो।
तत्कालीन प्रधानमन्त्री केपी शर्माले २०७७ मंसिर १५ गते देशभर ३०९ वटा आधारभूत अस्पतालकाे शिलान्यास गरेका थिए ।
जस मध्ये पर्साको पटेर्वा सुगौली गाउँपालिका र जिराभवानी गाउँपालिकामा १० शय्या त्यसै गरि ठोरी गाउँपालिका र धोबिनी गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल बनाउने योजना थियो।  जसअन्तर्गत जिल्लामै पहिलो पटेर्वा सुगाैली गाँउपालिमा नवनिर्मित आधारभूत अस्पताल सञ्चालनमा आएकाे गाँउपालिका अध्यक्ष दिनेश चाैधरीले बताए ।
मंगलबार पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस पर्साका सभापति शेरबहादुर देेउवाले आधारभूत अस्पतालकाे समुदघाटन गरेसंगै उक्त अस्पताल सञ्चालनमा आएको हाे । देउवाले १० शैयाकाे अस्पतालकाे रिबन काटेर समुदघाटन गरेका हुन् ।
पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर ४ सुगाैली फरहदवा ८ कराेड १० लाख रुपैयाँको लागतमा १० शैयाकाे आधारभूत अस्पताल निर्माण गरिएको हाे।
मंगलबारदेखि सञ्चालनमा आएकाे आधारभूत अस्पतालमा डिजिटल एक्सरे,अत्याधुनिक प्रयाेगशाला(ल्यब),इसिजी,अल्ट्रा साउन्ड(युएसजी) र आफ्नै फार्मेसीकाे सेवा उपलब्ध रहेको साथै ओपिडी सेवा र प्रसुती सेवापनि उपलब्ध रहेको पटेर्वा सुगौली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए ।

Related posts

३ वर्षमा बनिसक्नुपर्ने तिलावेपुल ६ वर्षमा पनि अधुरै

hamronepaldainik

कानु समाज नेपाल पर्साको बैठक समापन

hamronepaldainik

अबैध रुपमा संचालित एक्सेल कलेजमा सिलबन्दी, कन्सल्टेन्सीहरु सिल गर्ने तयारीमा

hamronepaldainik
HamroNepalDainik